• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण, ढुङ्गा र माटो संकलन गरेर ल्याउँदै

एजेन्सी । चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको चीनको अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण गरेको छ ।अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण भएपछि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले चीनलाई बधाई समेत दिएको छ ।

चीन चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएमा त्यसले अध्ययनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि चीनले दुई पटक गरेको प्रयास असफल भएको थियो । यो पटक पनि आशा र उत्साह रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।

२३ नोभेम्बरमा पृथ्वीबाट गएको अन्तरिक्ष यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण गरेको हो । चीनको रोबोटिक च्याङ्ग’इ–५ अभियान अन्तर्ग चीनले यान पठाएको हो ।

चीन यो अभियानबाट चन्द्रमाको ढुंगा र माटो पृथ्वीमा ल्याउन चाहन्छ । चीनको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशाना बनाएको छ ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन तथा त्यहाँका सामग्री सङ्कलन गरेर बिताउनेछ। यो अभियान सफल भएमा ४४ वर्षपछिको पहिलो सफल अभियान हुनेछ । यसअघि रुस र अमेरिकाले मात्रै चन्द्रमाको ढु‌ङ्गा र माटो ल्याउन सफल भएका थिए ।चन्द्र सहतमा अवतरण भएको ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडारसहितका यन्त्र छन् ।

ल्याण्डरले झण्डै दुई किलो ढुंगा तथा माटो संकलन गरी त्यसलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ । असेन्डरले त्यसलाई पृथ्वीमा ल्याउने छ । चिनियाँ यान चन्द्रमाको ढुंगा तथा माटो लिएर डिसेम्बरको अन्त्यतिर मङ्गोलियाको घाँसे मैदानमा अवतरण हुनेछ ।



 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर