• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

धादिङमा टिप्पर दुर्घटना, तीनजनाको मृत्यु 

धादिङ । धादिङको थाक्रे गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको भिमसेनस्थानबाट कच्चीसडकतर्फ चकमके जाँदै गरेको  बा ५ ख २४१८ नम्बरको टिप्पर थाँक्रे १० मानेडाँडामा शुक्रबार राति दुर्घटना भएको हो । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा थाँक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।  

दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने सावित्रीको उपचारका लागि काठमाडांै ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

टिप्परमा रहेका अन्य तीन जनालाई उपचारका लागि काठमाडौंमा रहेका ट्रमा सेन्टर ल्याइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर