काठमाडौं । नेपालमा पछिल्लो साताहरुमा जाडो बढ्दो क्रममा छ, जसका कारण मानिसहरु घरमै बस्ने, आगो ताप्ने, हिटर ताप्ने गरिरहेका छन् । काठमाडौं उपत्यकाको तापक्रमलाई हेर्ने हो भने आज(शनिवार) बर्षकै कम तापक्रम मापन भएको मौसम विभागले जनाएको छ ।
नेपालमा हिमाली भेगका केही जिल्लाहरुमा बाहेक कम तापक्रम वा हिउँ वर्षाका कारण जनजीवन प्रभावित कमै हुन्छन्, तर तपाईलाई थाहा छ विश्वमा एक यस्तो गाउँ छ जहाँको न्यूनतम तापक्रम माइनस ७१ डिग्री सेल्सियससम्म पुग्छ ?
रुसको साइबेरियास्थित ओम्याकोन गाउँ, जसलाई अन्टार्कटिका महादेश बाहिर सबैभन्दा चिसो अथवा कम तापक्रम भएको ठाउँको रुपमा चिनिन्छ । यहाँको औसत तापक्रम माइनस ५० डिग्री सेल्सियस वरपर रहन्छ ।
सन् १९२४ मा उक्त गाउँको तापक्रम माइनस ७१.२ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् २०१८ को तथ्याङअनुसार, यहाँ ५ सयदेखि ९ सय मानिसको बसोबास रहेको छ भने यहाँ सँधै फ्रोस्टबाइट अर्थात् चिसोका कारण छाला फुट्ने, सुन्निने समस्या देखापर्छ ।
यस ठाउँका बालबालिका माइनस ५० डिग्री सेल्सियस तापक्रममा विद्यालय छन् र तापक्रम न्यून बन्दै गए विद्यालय नै बन्द गरिन्छ । यस गाउँमा डिसेम्बर महिनामा १० बजे झुल्कने बताइन्छ । यस ठाउँको सबैभन्दा ठूलो चिन्ता भनेको सवारी साधनका ब्याट्री जम्ला कि भन्ने हुन्छ जसका कारण साधनहरुलाई स्टार्टमै राख्नुपर्ने हुन्छ ।
त्यस गाउँमा जाडो मौसममा कुनै पनि प्रकारको अन्न नफल्ने भएकोले स्थानीयवासिन्दाहरु फरक–फरक जनावरहरुको मासु खाएर बाच्ने गर्छन् । यस गाउँका मानिस घोडाको मासुबाहेक स्ट्रोगनी माछाको खुब सेवन गर्छन् ।
काठमाडौं । जापानको एक फेसन कम्पनीका मालिक युसाकु मिजावा ट्विटरमा फलो गर्नेहरुलाई पैसा बाँड्ने भएका छन् । उनले आफूलाई फलो गर्ने एक हजार जनाबाट १००
एक भिडियो कलका क्रममा बङ्गलादेशबाट अपु सरकारले मलाई आफ्नो दुवै हातको पञ्जा खोलेर देखाए । सुरुमा मैले त्यस्तो अनौठो केही देखिन, तर अलि घोरिएर हेर्दा
काठमाडौं । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ
प्रतिकृया दिनुहोस