झापा । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले ज्येष्ठ नागरिकहरुलाई टोलदेखि घरसम्म पुगेर सम्मान गर्दै आएका छन् । उनले पालिकाका ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक टोलमा पुगेर सम्मान गर्दै आएका हुन् । कार्यक्रम स्थलसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई भने घरमै पुगेर सम्मान गर्दै आएका छन् ।
ज्येष्ठ नागरिकको अवस्था बुझ्न र उनलाई जाडोमा न्यानो ओढ्ने फाइबरको सिरक, पौष्टिक तत्वयुक्त खानेकुरा लिएर जाने गरेको उनले बताए । पालिकाले चालु आर्थिक बर्षको बजेटमा रु दुई लाखभन्दा बढी बजेट ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्याएको उनको भनाइ छ ।
“कतिपय ज्येष्ठ नागरिकका लागि सानो सम्मान पनि जाडोमा ठूलो भएको छ”, अध्यक्ष काफ्लेले भने, “आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकहरु सिरक लिएर घरमा पुग्दा खुशीले गद्गद छन् ।” उनले तीनदिन अघिदेखि शुरु गरेको कार्यक्रममा पालिकाभित्रका २७० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बताए ।
सम्मानको कार्यक्रम लिएर घरघरमा पुग्दा कतिपय ज्येष्ठ नागरिकको अवस्था दयनीय पाइएको उनको भनाइ छ । “ज्येष्ठ नागरिक अमूल्य सम्पति, ज्ञान र अनुभवका भण्डार भए पनि कतिपयको जीवन दुःखदायी र कष्टपूर्ण पाएँ, उनीहरुले पोखेका गुनासा र समस्याको समाधान गर्न सकेसम्म पहल गर्नेछु”, उनले भने ।
सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता विवरणको आधारमा उनीहरुको पहिचान गरिएको उनले बताए । गत वर्ष ९० वर्षमाथिका १०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनले पालिकाले पठाएको विवरणको आधारमा प्रदेश नम्बर १ को सरकारले प्रतिव्यक्ति पठाइदिएको ज्येष्ठ सम्मान वापतको नगद रु पाँच हजारमा आफूले न्यानो सिरक थपेर वितरण गरेको बताए ।
कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा
काठमाडौं । मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई,
झापा । झापाको कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमा समेत असर पुगेको जनाउँदै कन्काई
प्रतिकृया दिनुहोस