अहिलेको चुनाव प्रति जनाताको विश्वसनीयता छैन – मुख्यमन्त्री शाही  

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने भनिएको मध्यावधि निर्वाचन प्रति जनताको विश्वसनीयता  नभएको बताए ।  मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  ।

अहिलेको परिबेशमा मध्यावधि निर्वाचनमा जानु भन्दा जनताले दिएको मतलाई कदर गरेर प्रधानमन्त्रीले इमानदार भएर देशको दिगो विकासको लागि लाग्नु पर्ने मुख्यमन्त्री शाहीले औल्याए । यदि सरकारले चुनाव गरिहाले पनि यो पटकको चुनाव की सेनाको बलमा की बाहिरिए शक्तिको आडमा हुन सक्ने भएकोले यो चुनाव निश्पक्ष हुनेमा उनले संका व्याक्त गरे । 

‘प्रधानमन्त्रीले आफुलाई चित्त नबुझेका कारण पार्टी भित्रका छलफलबाट भागेर संविधानले नदिएको अधिकार प्रयोग गरी जनमतको खिल्ली उडाउनु भएको छ, ‘मुख्यमन्त्री शाहीले भने,  ‘प्रधानमन्त्रीको यो कदमले देश दश बर्षपछि धकेलिएको छ यो कदम मुलुकको हित भएकाले  अझै केहि बग्रिएको छैन फिर्ता लिदा हुन्छ,।’

नेपालमा पार्टी एकता र विभाजन हुनु नौलो कुरा नभएको भन्दै पटक पटक हुने एकता र विभाजनका गतिविधिले राजनैतिक संस्कार बिर्गेको मुख्यमन्त्री शाहीको तर्क छ । ‘जनताको अपेक्षा अनुसार बनेको दुई तिहाईको नेकपा स्थायी सरकारले काम गर्न नसकेको बेला पार्टी फुट्नुले जनतामा निसाशा छाएको उनको भनाई छ । 

फरक प्रशंगमा उनले कर्णाली सरकार बहुमतमा हुदाँहुदै काम गर्दै जादा अल्पमत जस्तो बनेको स्पष्ट पारे । साथै भौगोलिक विकटताको कारण विकासमा चुनौती भएपनि अन्य प्रदेशको तुलनामा कर्णालीमा छिटो विकास भएको उनको दावी छ । बजेट अभावले ठुला आयोजना सञ्चालन गर्न नसक्ने र गरिएका आयोजना पनि प्रभावित बनेको उनले जनाए । उनका अनुसार कर्णालीमा ठुला लगानीकर्ता भित्र्याउने तयारी छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर