मेस्सी र फ्रेन्कीको गोलसँगै बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा
काठमाडौं । गएराती सम्पन्न खेलमा बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बार्सिलोनाले रायो भल्लेकानोलाई २–१ गोल अन्तरले पराजित गर्दै कोपाको क्वाटरफाइनलमा पुगेको हो ।
बार्सिलोनाको जितमा लियोनेल मेस्सी र फ्रेन्की डी जोंगले एक एक गोल गरेका थिए । त्यस्तै भल्लेकानोका लागि फ्रान ग्रासियाले एक गोल गरेका थिए ।
यस सिजनको कोपाको क्वाटरफाइनलमा अहिलेसम्म बार्सिलोनासहित लेभान्टे, रियल बेटिस, सेभिया, भिल्ला रियल र अल्मेरिया पुगिसकेका छन् ।
प्रतिकृया दिनुहोस