• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

नेकपाकाे बहुप्रतिक्षित स्थायी समिति बैठक मंसिर २९ मा

काठमाडौं । नेकपा सचिवालय बैठकले पार्टी स्थायी समितिको बैठक मंसिर २९ गते बस्ने निर्णय गरेको छ । लामो समयदेखि पार्टीको आधिकारीक कमिटिको बैठक नबसेको भनेर आलोचना भईरहेका बेला शनिबार दोश्रो प्रयासमा बसेको सचिवालय बैठकले बहुप्रतिक्षीत स्थायी समितिको बैठक २९ गते गर्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।


बैठक २९ गते दिउसो १ बजे पार्टी कार्यालय धुम्वाराहीमा बस्ने उनको भनाइ छ । आजै ३ बजे बोलाईएको सचिवालयको बैठक अध्यक्षद्वयले कुराएको भन्दै ४ नेता बालुवाटारबाट बाहिरिएका थिए ।

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले समयको पालना नगरेको उल्लेख गर्दै बैठकबाट बाहिरिएका थिए ।
नेकपा महासचिव पौडेलले तीन बजेका लागी बैठक बोलाईएको र सवा तीन बजेसम्म केहि कारणले बैठक सुरु हुन नसक्दा केहि नेताहरु बैठक कक्षबाट बाहिरिएको बताए ।

बैठककक्षबाट बाहिरीदै नेकपा नेता बामदेव गौतमले बैठकमा लामो समय कुराएर आफुहरुलाई अपमानीत गरेको प्रतिक्रिया दिएका थिए । 

महासचिव पौडेलका अनुसार नेकपा अध्यक्षद्वय केपी ओली र पुष्प कमल दाहाल क्यान्सर रोगबाट पिडित तत्कालिन माओवादी केन्द्रकी पूर्व सभासद तथा नेकपाकी नेतृ मणी खम्बुसँग भेटघाट गरिरहेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर