• २०८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025

अन्तर प्रदेश परिषद बैठक सम्पन्न, गृहमन्त्रीको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं । अन्तर प्रदेश परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । सोमबार सम्पन्न बैठकको निष्कर्षलाई कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल समेत गठन भयो ।

गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदलमा  अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सदस्य रहेका छन् । 

त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहनेछन् ।

उक्त कार्यदललाई सात दिनमा प्रतिवेदन पेश गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

कार्यदलले पुस ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा प्रतिवेदन बुझाउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर