• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

विश्वकप फुटवल : कुन जर्सी लगाउँ !

फुटवले भाइरल ज्वरोले सताउँदै छ । बजार गन्जिमय भएका छन् । सामाजिक संजालमा फुटुसेसन छाएको छ । मझ्यौला र तारेहोटललाई महादशैं नै लागिसक्यो । ब्रान्डेड टिभी र मिडिया हौँसेका छन् ।  मदिरा रुस–टुर विज्ञापित मात्रै हैन् टेबुल दबाब दिइरहेको छ ।

बजारको उर्दी छ, –‘यो फुटवल मौसम हो, यसवेला अन्य बात मार्नु मुर्खता हो’ । एकाथरी तन्नेरीहरुलाई देख्दा देश...विदेशी दुश्मनसँग युद्द मैदानमा छ झै लाग्छ ।  अर्जेन्टिनी तरुणी इभा पोरेनसँग १० जुलाई २०१० अर्थात् ८ वर्ष पहिला लामो च्याट संवाद भएको थियो । उनी चाको प्रान्तको रेसिस्टेन्सिअ सहरकी बासिन्दा हुन । अन्यभन्दा दक्षिण अमेरिकी युवतीहरु पmरासिला हुन्छन् । भाषा समस्या गुगल अनुवादले हल गरिदिएकै छ । 

प्रत्यक्ष युद्दमा हारे पनि साना र कमजोर देशले शक्तिशाली मुलुकलाई खेलमा हराइदिन सक्छन् । आउनुस म पनि जनयुद्दको मचानबाट फुटवकाे कथा कहन्छु । अर्जेन्टिनी तरुणी इभा पोरेनसँग १० जुलाई २०१० अर्थात् ८ वर्ष पहिला लामो च्याट संवाद भएको थियो । उनी चाको प्रान्तको रेसिस्टेन्सिअ सहरकी बासिन्दा हुन । अन्यभन्दा दक्षिण अमेरिकी युवतीहरु पmरासिला हुन्छन् । भाषा समस्या गुगल अनुवादले हल गरिदिएकै छ । 

आफु अझै अर्जेन्टिना समर्थक भएको सुनाइ । खेलका लय हुन्छन् नै । राम्रो खेलले मात्रै हैन् भावनाले पनि सो नजदिकता हो । म्याराडोनाप्रतिको लगाव, साम्राज्यवाद विरोधी उनको छवि, दुईटै पाखुरी.. एउटामा चेग्वेभारा र अर्कामा फिडेल क्यास्त्रोको ट्याटुले आफू प्रभावित हुँु ।  अरु नेपाली पनि अर्जेन्टिना भनेपछि हुरुक्कै हुन्छन् भन्दा पनि इभाले गोर्खालीप्रति गरेको घृणाले मलाई रन्थनायो । खेल्न नपाउनेलाई त यस्तो लाग्या छ भने खेल्ने देशवासीले कसरी लिएका छन् होला ! परिपक्व उमेर,  विवेकसम्मत भावना र देश र दुनियाँबारे नजरिया फेरिनहोला भनेर इभासँग पुरानै प्रसंग उठाएको थिएँ ।

आखिर दशकपछि पनि उनको सोच भने टसमसाएनछ ।   म्यारोडोना, मेस्सीकी देशवासी इभाः  बेलायतभन्दा १४ हजार किलोमिटर टाढा हाम्रो मुख्य भूभागसँगै रहेको पश्चिमाले फोकलैण्ड र हामीहरुले इस्लास म्यानभिनास द्विप भन्ने २ हजार ३ सय ७१ जनसंख्या र १२ हजार १ सय ७३ माइल क्षेत्रफलको द्विपलाई अग्रेजले २ अप्रिल १९८२ मा बलजफती कब्जा गरे ।  इभा अजेन्टिनी हुन्, साइमन अन्धराष्ट्रवादी स्कटिस, भिखारी यादव सिरहाका मजदूर । प्रसंग फुटवल भए पनि पात्रका रुपमा यिनैमा विषय केन्द्रित रहन्छ ।  

म्यारोडोना, मेस्सीकी देशवासी इभाः  बेलायतभन्दा १४ हजार किलोमिटर टाढा हाम्रो मुख्य भूभागसँगै रहेको पश्चिमाले फोकलैण्ड र हामीहरुले इस्लास म्यानभिनास द्विप भन्ने २ हजार ३ सय ७१ जनसंख्या र १२ हजार १ सय ७३ माइल क्षेत्रफलको द्विपलाई अग्रेजले २ अप्रिल १९८२ मा बलजफती कब्जा गरे ।  घमासान युद्ध भयो । अमेरिका र अन्य शेष दुनियाँसँग हाम्रो कुनै वैरभाव थिएन्, नकी गोर्खालीसँग । योभन्दा पहिला हामीले गोर्खाली सुनेकै थिएनांै । जव उनीहरु इल्यास म्यान भिनासमा आए, बर्बरमानवझैं मानिस छप्काउन थाले तव मात्र बेलायतले भाडाका हत्यारा राखेको छ भन्ने चाल पायौं । 

हाम्रो नेपालसँग कुनै दुश्मनी थिएन र छैन् पनि । तर, तिमीहरुका नागरिकबाट हाम्रा नागरिक मारिए । म स्वयं टुहुरी भएँ ।  मेरो राष्ट्रमाथि तिम्रो जातिको आक्रमण भयो । बुझयौ....   म टुहुरीमध्ये कि एक हुँ । म कसरी तिमीलाई, नेपालीलाई, गोर्खालीलाई सम्मान गर्न सक्छु !  अर्जेण्टिनाको प्mयान भनेर पत्याउन सक्छु ! के तिमीहरु भाडामा अर्काे देशको लागि लडदैंनौ त ! हाम्रा चेले विश्वमुक्तिका गीत गाउँदै विश्व नागरिक बन्दै क्युबाको मुक्ति लडेको र बोलिभियामा मृत्युवरण गरेको बिस्र्यौ ! तर, तिमीहरु शक्तिशालीका एसाल्ट बनेर हामीमाथि झम्टयौ... । तिमीहरु हत्यारा हौं, हत्यारा....!’

म्यारोडोना र चेको प्mयान मसँग कुनै जवाफ थिएन् । युनियन ज्याक मेरो झण्डा थिएन् । त्यसले मेरो राष्ट्रियताको प्रतिनिधित्व गर्दैनथ्यो । तर मेरा भाइबन्धु युनियन ज्याकलाई सलाम ठोक्दै अर्काको अस्मितामाथि धावा बोल्दै वीर गोर्खाली कहँलिन्थे ।  १० वर्ष पहिला अर्जेन्टिनाले म्याच हा¥यो । म्यारोडोनाले चमत्कार देखाउन सकेनन्, अब मेस्सीले के कसो गर्लान् ..थाहा छैन् ।   उनका नाममा धेरै नेपालीले लगाएका बाजी र जर्सी के हुने हो ? मलाई भने ठूलो चोट इभाको च्याटसंवादले पु¥यायो ।   भनीँ– ‘त्यो इतिहासमा लाग्दै गरेको मेरो जातीप्रतिको दाग हो ।’ हिजोमात्रै  साइमनसँग नेपालबारे, इभाका भनाईबारे, भिखारी र विश्व फुटवलबारे लामो कुराकानी भयो ।

साम्राज्यवादको अहिलेको र पहिलाको रुप फरक छन् । अहिले त झन को, कस्को लागी, कसरी लडेको छ कस्को उपयोगको, कसरी भएको छ भन्नै सकिँदैन्, अब खुकुरी र बहादुरी शब्द एकै रहेनन् ।’  साइमन– उपनिवेशकाल पछाडि बेलायतको साम्राज्यवादी नीतिको इभाको विरोध जायजमात्रै हैन् आवश्यक पनि हो । जहाँसम्म गोेर्खालीको प्रश्न छ, बेलायतमै बहादुरीताको प्रशंसा र योगदानको कदर गर्ने ठूलो संख्या छ । तर.. मात्र पैसाका लागि लड्ने जाति भनेर सोच्ने पनि कम छैनन् ।  मेरो सोचमा त शासक जातिले आप्mना विरोध गर्नसक्ने जनजातीलाई पैसामै लड्न उत्पे्ररित गरेर आफू निर्वाध शासक हुन सकिन्छ, अझ शक्तिशालीको आर्शिवाद पनि पाइरहन्छ भन्ने मानसिकताले गोर्खा रेजिमेन्टको सुरु भएको हुनसक्छ । 

साम्राज्यवादको अहिलेको र पहिलाको रुप फरक छन् । अहिले त झन को, कस्को लागी, कसरी लडेको छ कस्को उपयोगको, कसरी भएको छ भन्नै सकिँदैन्, अब खुकुरी र बहादुरी शब्द एकै रहेनन् ।’  ‘भिखारी खुव पिइलिन्छ र राजनीति बड्बडउँछ । यो करेज जलिरहेको दिलको बात लेख्न् सक्छ ! तपाईले लेखेर दुनियाँमा के भइलिन्छ.? हँ ! के भिखारी हजारीमल हुँदैछ ! महाजन, मुखिया भैलिन्छ के !  आज भिखारीलाई ज्यादै चढ्यो, मात्तिएको छ । फुटवल बात मार्न थाल्यो । भिखारीलाई भँनी– ‘म तिम्रा, म्यारोडोना, मेस्सी, इभा र विश्वकपबारे कथा लेख्छु ।

मैथली मिस्कट टुटेफुटेको शब्द लड्खडाउँदै भन्यो– ‘आहा तो पत्रकार छैन् ! हामीको के कथा भैलिन्छ । लेखिलेउ ठूला मान्छेका कथा, फुटबलवाला कथा । के छै, हम्नीका कथामा । मजुर न हो, मजुर । देशी मजुर । परदेश कमाउन आइलिएको छु । कमाउँछु, साँझ थकित भइलिन्छ । केही पिई लिन्छु त कस्को बापको कमाई खाई लिन्छु र आहा लेखु ? ‘भिखारी खुव पिइलिन्छ र राजनीति बड्बडउँछ । यो करेज जलिरहेको दिलको बात लेख्न् सक्छ ! तपाईले लेखेर दुनियाँमा के भइलिन्छ.? हँ ! के भिखारी हजारीमल हुँदैछ ! महाजन, मुखिया भैलिन्छ के ! 

अन्य मजदुरलाई  भने त्यसको कुनै चासो छैन् । दिनभरीको थकान साँझ मेटिरहेका छन् । कुराका कुरा जति पनि छन् । कहिले राजनीति, कहिले कहिले जातपात, देशी, पहाडिया, फोरम, एमाले, कांग्रेस र माओवादी सबैको जन्मपत्री खोल्छन् । भट्टीमा के छैन् –पहाड छ, मधेश छ, देश छ, विदेश छ । साहित्य, संस्कृति र आन्दोलन समग्रमा राजनीति छ ।  गरिखानेको दिनको थकानलाई कोही कोदोको रससँगै, कोही निगार थप्दै दिल दिमागका बात उरालिरहेका छन् । बजार भाउ बढयो, सवै जोगी कानै चिरिएका भन्दै नेता पार्टीलाई सराप्छन् । जिन्दगी महँगो र काल सस्तो भएको भन्छन् ।

रौसेका बेला कुरा कहाँ कहाँबाट आउँछ आँउछ ।  विषय सिलसिलेबार छैन्, न त केन्द्रित नै । जसले जे जान्दछ र बोल्न मन लाग्छ ऊ स्वतन्त्र छ । यो मधुशाला आखिर एकप्रकारको हाइडल पार्क हो । साँच्चै भूइँमान्छे कोदाको रसमा झूमेर आपूm बाँचेको युगको मर्म कहन्छन् । आप्mनै ससांरमा रमेको छ –बिजुली पानीघाटको मजदूर पंक्ति...सधैभन्दा भिखारी आज हौँसेंको छ. या त खुसीले, या दुखमा ।  कोदो खुव तन्काइरहेछ । ठेकदार रामप्रकाश र पण्डित सियाराम उसका कुरा रोक्न सक्दैनन् । ऊ दार्शनिक र राजनीतिज्ञ भएर कडा कडा बात मारिरहेछ ..आज ।

राजमिस्त्री फेरन भिखारीलाई डाँट्दै भन्छ– ‘आहा ! यहसब राजनीति बाजनीति बात ना करुँ ।’ कवीरको दोहा फतफताउँदै भन्छ– ‘भूखापेट न होय भजन गोपाला, ले..ले अपनी कण्ठी माला । कमाउ, खाउँ, पिउँ । बचलखुचल और अपन घर भेजु बस् ।’  आज नन्कौ र अलि हुसेन पनि एउटै थालमा पांग्रा र खुट्टाको सितनमा कोदो घुट्काई रहेछन् । हलाल होकी झट्का गोस होस् ! हुसेनलाई कुनै मतलव छैन् । नन्कौलाई पनि ‘मिलिक्ष्य’  सँग एउटै थालीमा खान कुनै अचरच छैन् । तर, सियाराम भने जातीपातिको कुरा उठाउन चुक्दैन् । भिखारी भन्छ– ‘मजुरका का जात ! का धरम ! का फुटवलवा...सब केहुका एकही रागरोग एक ही पीडा । आहा बुझै छी ।’ तव, लरखराउँदै सियाराम  आप्mनो बाटो नाप्छ ।  इभाले विश्वकपमा अर्जेन्टिनाको समर्थनलाई फकल्याडसँग जोडेर सोच्न बाध्य पारिन् भने भिखारीले मान्छेका कथा व्यथा पेश गरे । उनले अझ अन्तर्राष्ट्रियवाद र जातीय घेरामाथि उठेर सोच्न प्रेरित गरे ।  काठमान्डुको भिमसेनगोला मजदूरमन्डी मध्यको एक हो ।

बिहानै यहाँ मजदूर किनबेचको बजार लाग्छ । जातजाती, भाषा, क्षेत्रको कुनै अर्थ रहँदैन् । मजदूर जातीको यस बजारमा ठेकदार दिनभरीको लागि मान्छे किन्न आइपुग्छन् । मजदूरहरु खरिदारको बाटो कुरिरहेका हुन्छन् ।  सधैंझै साँझ मजदूर खाजा पसलमा आज पनि भिखारी यादवको महिफल जमेको छ । सबै आप्mनै रंगमा रमेका, जमेका छन् । यहाँ रेडियु, र ठिटौलीले लगाएका जर्सी र पत्रिकाका कुनै अर्थ छैन् ।

चाहे त्यो दरभंगाबाट आएको नन्कौलाई होस् यात सितामणिबाट आएको पण्डित सियारामलाई । अलि हुसेन र भिखारी मिथिलाञ्चलका हुन् ।  भिखारी म्याट्रिक पास छ । पढे लेखेको मान्छे । रामेछापका सिकर्मी नैनसिंह परियार हुन् या इलामका बोरिङ मास्टर सोहन सुब्बा । सबैको जमघट दुःखसुख र सपना साटासाटको थलो बनेको छ, मजदूर खाजा पसल ।

एकैपटक म्यानपावरलाई रकम बुझाउन नसकेर काठमाडौं रहनु परेकोमा सबैले पहिला त दुःख मानेका तर अव मिहिनेतीलाई विदेश जान पर्दैन पाखुरी बजारेपछि यहीँ कमाउन सकिन्छ भन्ने विश्वास छ । भिखारी भन्छ– ‘क्या बात कहिछी फुटवलवा... हामीले पनि खुव खेल्यो... जव नन्की रहे न, अभि ओ मेस्सी ओ नोमारका पानी पियाउन सक्छु...!’  इभाले विश्वकपमा अर्जेन्टिनाको समर्थनलाई फकल्याडसँग जोडेर सोच्न बाध्य पारिन् भने भिखारीले मान्छेका कथा व्यथा पेश गरे ।

उनले अझ अन्तर्राष्ट्रियवाद र जातीय घेरामाथि उठेर सोच्न प्रेरित गरे ।  उत्पीडनकारी देशका नागरिकको पनि आप्mनै शासकप्रतिको घृणा र अन्तर्राष्ट्रिय दायित्वबारे अत्यन्तै सजग साइमन थिए । इभा, साइमन, भिखारी र मेरो जाति समकालीन वैश्विक समाज हो... । अब भने म सोच्दैछु– ‘कस्को जर्सी लगाएर हुर्रै भनौंै ! कि  मौन बसेर मुर्ख लामबन्दीमा लागौं !’  

Read more at: http://samachardainik.com/SXs6fVkz

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर