• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

नेपाल–कतार सम्बन्ध: नेपालालाई अवसर !

कतारका राष्ट्रप्रमुखको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उचाइ पुग्ने विश्वास गर्न सकिन्छ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण हुन लागेको छ।  दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन्। नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

झण्डै साढे चार दशक पुरानो कूटनीतिक सम्बन्धलाई यस भ्रमणले थप उचाइमा पु¥याउने विश्वास गरिएको छ। तीन दशकभन्दा लामो समयदेखि नेपालीहरूले श्रमको गन्तव्यका रूपमा कतारलाई रोज्दै आएका छन्। कतारले मुलुकका विभिन्न भूभागबाट कतार गएका नेपालीलाई रोजगारीको अवसर दिइरहेको छ।

पछिल्लो आँकडाअनुसार झन्डै १७ लाख नेपालीले कतारमा रोजगारी एवं व्यवसायमूलक काम गरिरहेका छन्। यो तीन दशकको अवधिमा १७ लाख नेपालीको परिवार पनि कतारसँग कहीँ न कहीँ जोडिएको छ। सामान्य श्रमिकका रूपमा होऊन् वा परियोजना प्रबन्धकलगायतका अन्य काममा दक्षता हासिल गरी नेपालीहरू जापान, अस्ट्रेलिया, अमेरिका, युरोपेली मुलुकमा सीप, व्यावसायिक साम्राज्य विस्तार गर्न सफल भएका छन्। 

स्वदेशमा सबैभन्दा धेरै रेमिट्यान्स योगदान दिएको मुलुक पनि हो, कतार। आगामी दिनमा कतारलाई श्रम गन्तव्य मात्र होइन प्रविधि हस्तान्तरण र नेपालमा उत्पादित वस्तुलाई कतारको चुल्होमा जल्ने ÷पाक्ने वातावरण बनाउन ढिलो भइसकेको छ।

क्लिन इनर्जी, हाइड्रोजन प्लान्ट र पर्यटकीय क्षेत्र कतारका रुचिको क्षेत्र हो। नेपालले यसतर्फ लगानीको वातारण बनाउनु जरुरी छ। आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०ले भविष्यमा धेरै कुराहरू विस्थापन गर्न सक्ला तर पर्यटकीय क्षेत्रलाई विस्थापन गर्न सक्दैन।

साहसिक पर्यटनको लागि नेपाल विश्वकै उत्तम गन्तव्य स्थान हो। त्यसैले नेपाललाई राम्रो पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्न सकिन्छ। कतार एयरवेज विश्वका उत्कृष्ट एयरलाइन्सभित्र पर्छ।

२०२२ को विश्वकप आयोजना सफलतापूर्वक सम्पन्न गरेको कतार खेलकुदको क्षेत्रमा पनि अगाडि छ। खेलकुदमा पनि सहकार्य गर्न सकिन्छ। रासायनिक मल उत्पादन र निर्यातमा पनि कतार अग्रपंक्तिमा पर्छ।

कतारसँग रासायनिक मल ल्याएर नेपालको कृषि उत्पादनमा सहयोग पुु¥याउन सकिन्छ। दुई सरकारबीच जी टू जी सम्झौता भए नेपाली किसानले हरेक वर्ष झैं मल अभावको समस्या झेल्नु पर्दैनथ्यो। यसका लागि कानुनी जटिलता छन् भने त्यसको संशोधन गर्नु उपयुक्त हुन्छ। 

नेपालमा करिब साढे तीन लाख नेपालीहरू रहेको सरकारी अनुमान छ। कुनै बेला पाँच लाख नेपालीहरू कतारमा रहेको तथ्यांक छ। मध्यपूर्वको अति आकर्षणको केन्द्रका रूपमा खाडी मुलुक कतार रहेको छ। विगत पाँच वर्षयता नेपालमा सर्वाधिक रेमिट्यान्स पठाउने मुलुकमध्ये कतार अग्रस्थानमा रहेको छ।

आजको मितिमा पनि कुल रेमिट्यान्समध्ये मध्यपूर्वी मुलुकबाट झन्डै ५३ प्रतिशत रेमिट्यान्स नेपाल भित्रिने गरेको तथ्यांक छ। कुल रेमिट्यान्समध्ये झन्डै ७ खर्ब मध्यपूर्वी मुलुकको योगदान छ।

एआईले कतिपय रोजगारीलाई विस्थापित गरिरहेको बेला हामीले विश्व सुहाउँदो शिक्षा दिनु पर्ने जरुरी छ। कतारमा रहेको टेक्निकल इन्स्टिच्युटलाई नेपालमा आकर्षित गर्ने वा सम्बन्धन लिएर शिक्षा दिन सके नेपाली श्रमिकले विश्वबजारमा सहजै रोजगारी पाउने अवस्था रहन्छ। त्यो सँगसँगै हस्पिटालिटी क्षेत्रमा पनि सहकार्य गर्न सकिन्छ।

सिभिल एभिएसनको जनशक्ति उत्पादनमा समेत सहकार्य गर्न सकिन्छ। 

सबै नेपालीको चाहना समृद्ध नेपाल नै हो। लगानी सम्मेलनको पूर्वसन्ध्यामा हुन लागेको यो भ्रमणले दीर्घकालीन रूपमा अर्थ राख्नेछ। राष्ट्रप्रमुखसमेत रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो।

यो भ्रमणले मध्यपूर्वी क्षेत्रका अन्य मुलुकका राष्ट्र प्रमुखलाई पनि नेपाल भ्रमण गर्ने वातावरण बनाउनेछ। यो भ्रमणमा कतार र नेपालीबीच सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौेता र समझदारीमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

यो भ्रमणलाई नेपाल सरकारले दिएको महŒवले दुई देशबीचको सम्बन्ध थप उचाइ पुग्ने विश्वास गर्न सकिन्छ। नेपाल—कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धमा योगदान पुग्ने छ।
-शर्मा, कतारका उद्यमशील नेपाली हुन् 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर