• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

के महेश बस्नेतको राजनीतिक करियर नै सिद्धिन लागेको हो ?

काठमाडौं । नेकपा एमालेका नेता पूर्वमन्त्री महेश बस्नेत पछिल्लो समय धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभासँग सम्बन्धमा रहेको चर्चा सामाजिक संजालमा व्याप्त थियो । एमालेमै क्रियाशील महिला नेतृ शोभा र महेशबीच जोडिएका तस्बिरहरु सार्वजनिक भएका थिए ।

त्यस्तै केही महिना अघि महेश जस्तै देखिने एक पुरुष र महिला एउटा होटेल वा अपार्टमेन्टजस्तोको कोठाको बेडमा श्रीमान् श्रीमतीजस्तो देखिने गरी बनाएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।

भाइरल भिडियो र फोटोका कारण बस्नेतको राजनीतिक करियरमै असर गर्ने अनुमान गरिँदै आएको छ । हुन त बस्नेतविरुद्ध पटक पटक उजुरी पर्ने गरेको भएपनि युवतीसँग अन्तरंग सम्बन्धका खबरहरु सार्वजनिक भएका थिएनन् ।

शोभाले भने सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै बस्नेतसँग पाँचवर्षदेखि सम्बन्धमा रहेको बताएकी थिइन् । 

शोभासँगको सम्बन्ध सेलाउन नपाउँदै आइतबार बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएपछि उनको ‘राजनीतिक करियर’ माथि नै धक्का लाग्ने देखिएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको र कानुनी प्रक्रिया अघि बढेको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिइसकेका छन् ।

हुलाकमार्फत जाहेरी दिने युवतीले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको खत्रीले आइतबार नै बताएका थिए । जाहेरी कसले दिएको भन्नेबारे प्रहरीले खुलाएको छैन ।

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौं महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रू्ण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

महिलाका अनुसार बस्नेतले आफू पनि आएको भन्दै झुक्याएर दुई जना युवालाई अपार्टमेन्टमा छिराएर कुटपिटसमेत गर्न लगाएका थिए । त्यसपछि आफ्नो साथका दुईवटा मोबाइल र अन्य विद्युतीय सामान लगेको दाबी उनले गरेकी छन् । जाहेरीपछि नेता बस्नेतको कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन ।

‘फौजदारी अपराध संहिता दफा १८८ ले गर्भपतन गर्न नहुने भन्छ । कसैले गर्भवती महिलालाई करकापमा पारी वा धम्की दिइ वा ललाइफकाइ वा प्रभावमा पारी गर्भपतन गर्न नहुने भन्छ । त्यस्तै १२ हप्तासम्मको गर्भ भइ पतन गराए एक वर्षसम्म कैद र १० हजारसम्म जरीवाना, त्यस्तै १२ हप्ता माथि २५ हप्तासम्मको गर्भ रही पतन गराए तीन बर्षसम्म कैद र ३० हजार रुपैंयाँसम्म जरीवाना हुने व्यवस्था छ,’ अधिवक्ता पौडेलले भने । कानुन बमोजिमका हकमा भने फरक कानुनी व्यवस्था रहेको, महिला आफूखुशी गराएको खण्डमा आफ्नै कानुनी व्यवस्था रहेको उनले बताए ।

मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८(ग) मा १२ सातासम्मको गर्भ भए एक वर्ष, २५ साताको तीन वर्ष र त्यसभन्दा माथिको गर्भपतन गर्नेलाई पाँच वर्षसम्म कैद व्यवस्था छ । यस्तै, गर्भपतन गर्ने गराउने उद्देश्यले भ्रूण लिंग पहिचान गर्ने गराउने दुवैलाई ३ देखि ६ महिनासम्म कैद, लिंगका आधारमा गर्भपतन गर्ने गराउनेलाई हुने सजायमा थप एक वर्ष कैदको व्यवस्था रहेको पाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर