• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बलिउड क्विन कंगना रनावत

काठमाडौं । अभिनेत्री कंगना रनावतको जन्म सन् १९८६, २३ मार्चमा भारतको हिमाञ्चल प्रदेशको भाम्ब्लामा एक राजपुत परिवारमा भएको थियो । कंगनाकी आमा आशा रनावत शिक्षिका हुन् भने बुबा अमरदीप व्यापारी हुन् । कंगनाको एक दिदी रंगोली र एक भाई अक्क्षत छन् । 

कंगनाले चन्दीगढको ‘डिएभी’ स्कूलबाट स्कुल लेवलको पढाई सकिन्, त्यसपछि बुवा–आमाको इच्छाअनुसार उनले चिकित्सा शास्त्र पढ्न सुरु गरिन् । तर, टेस्टमै फेल भइन्, जसका कारण उनलाई पुन दिल्ली गएर पढ्न भनियो । तर, उनले डाक्टर बनाउने बुवा–आमाको सपना पूरा गर्न नसक्ने बताइन्, जसका कारण उनका बुवाले लक्ष्यबिहिन भएको भन्दै लगानी नगर्ने बताए । 

यसैबीच, दिल्लीको ‘एलाइट मोड्लिङ एजेन्सी’ले उनलाई मोडल बन्न सघायो । त्यसपछि, कंगनाले केही समय मोडलिङ गरिन्, तर यसमा केही रचनात्मकता नभएपछि कंगनाले अभिनयतिर लाग्ने सोचिन् र उनी दिल्लीको ‘अस्मिता थिएटर ग्रुप’मा भर्ना भइन् । 

कंगनाले यस थिएटरमा थुप्रै नाटकमा काम गरिन् । यसै क्रममा उनको अभिनय चर्चित बन्दै गयो । दर्शकको सकारात्मक प्रतिक्रियाका कारण कंगनालाई मुम्बई जाने हौसला मिल्यो र उनी मुम्बईको ‘आशा चन्द्र’को नाटक घरमा जोडिन पुगिन् ।

त्यसपछि, कंगनाको कठोर संघर्ष सुरु भयो । उनले ब्रेड र अचार मात्रै खाएर कति पटक छाक टारिन् । यद्यपी, पछि गएर आफ्नो बुवाको आर्थिक सहयोग नकारेकोमा उनलाई निक्कै दुःख पनि लाग्यो ।

कंगनाको फिल्म उद्योगमा आउने निर्णयप्रति आफन्त तथा साथीभाई पनि उनीसँग रुष्ट थिए । लामो समयसम्म कसैको साथ पाइनन् । सन् २००४ मा फिल्म ‘आइ लभ बोस’बाट कंगनाले डेब्यु गर्ने भनिए पनि संभव भएन । सन् २००६ मा आएको फिल्म ‘ग्याग्स्टर’बाट उनले बलिउडमा पाइला टेकिन ।  

जतिबेला उनी जम्मा १७ बर्षकी थिइन् । यस फिल्मबाट उनको अभियनको राम्रो तारिफ भयो । साथै  चर्चा पनि भयो । यसै फिल्मबाट उनले ‘डेब्यु अभिनेत्री’को फिल्मफेयर अवार्ड पनि जितिन् । त्यसपछि, कंगनाले फिल्म ‘वो लम्हे’मा काम गरिन् ।

सन् २००७ मा कंगनाको ‘लाइफ इन अ मेट्रो’ फिल्म आयो, जसबाट उनले ‘स्टार्डस्ट’ अभिनेत्रीको अवार्ड पाइन् । त्यस्तै, सन् २००८ मा एक सामान्य गाउँले युवतीको भूमिकामा फिल्म ‘धाम–धुम’मा देखिइन् । यसै बषै फिल्म ‘फेसन’मा पनि काम गरिन् । यो फिल्म व्यावसायिक रुपमा पनि सफल भयो ।

त्यसपछि, उनले सन् २००९ मा फिल्म ‘राज’, नाटक ‘वादा राहा’ र तेलेगु फिल्म ‘एक निराजन’मा काम गरिन् । त्यस्तै, सन् २०१० मा फिल्म ‘काइट्स’मा छोटो भूमिकामा देखिइन् भने सर्वाधिक सफल फिल्म ‘वन्स अपन अ टाइम इन् मुम्बई’मा देखिइन् । यसै बर्ष फिल्म ‘नक आउट’ र ‘नो प्रव्लम’मा देखिइन् । 

सन् २०११ मा आएको कंगनाको फिल्म ‘तन्नु वेड्स मन्नु’बाट फरक अभिनय कलाको चर्चा भयो । । त्यसपछि क्रमशः फिल्म ‘गेम’, ‘डब्बल धमाल’, ‘रास्कल’ र ‘तेज’, यी सबै फिल्मले खासै चर्चा र नाफा कमाउन सकेनन् । 

त्यस्तै, सन् २०१३ मा कंगनाको फिल्म ‘सुटआउट एट वादाला’, ‘क्रिस–३’, ‘रज्जो’ आयो । सन् २०१४ मा फिल्म ‘क्विन’, ‘रिभल्भर रानी’, ‘उंग्ली’ आयो । त्यसपछि, सन् २०१५ मा फिल्म ‘तन्नु वेड्स मन्नु रिटनर्स’ ‘आई लभ एनवाई’मा देखिइन् । २०१७ मा फिल्ममा ‘रंगुन’, ‘सिम्रन’ र ‘अपुर्भ अस्रानी’मा देखिइन् । यतिबेला कंगना फिल्म ‘मनिकर्णिका’ र ‘मेन्टल हे क्या’को काममा व्यस्त छिन् ।

अभिनेत्री कंगना रनावतले हालसम्म ३ पटक ‘नेसनल फिल्म अवार्ड’, चार पटक फिल्म फेयर अवार्ड र चार वटा विभिन्न फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाइसकेकी छिन् । छोटो समयमै ठूलो व्यावसायिक सफलता पाएकी कंगना भारतीय फिल्म उद्योगमा सर्वाधिक सफल अभिनेत्रीमध्ये एक बनेकी छिन् ।

यद्यपी, कंगनाको प्रेम सम्बन्ध भने सफल रहेन । थुप्रै व्यक्तिसँग उनको नाम जोडियो । कुनैपनि सम्बन्ध सफल भने बन्न सकेनन् । 

विभिन्न एजेन्सीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर