• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

वर्थडे ब्वाई : अक्षय कुमार

काठमाडौं  ।  बलिउड अभिनेता अक्षय कुमारको आज जन्मदिन आफ्नो ५३ औं जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । भारतको अमृतसर, पञ्जावमा जन्मिएका अक्षयले अभिनेत्री ट्विङ्कल खन्नासँग विवाह गरेका हुन् । 

सन् १९९० देखी आफ्नो फिल्मी करियर शुरु गरेका अक्षयले आलसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन् । हालसम्म १०० भन्दा बढी फिल्म खेलिसकेका अक्षयका हरेक फिल्म हिट भइरहेका छन् । 

फिल्ममा उनको कमेडी अभिनय धेरैले रुचाउने गर्छन् । अहिले कोरोनाको महामारी भएपछि उनको हातमा फिल्मको खाँचो छैन । उनी एकपछि अर्को फिल्ममा जोडिदै गइरहेका छन् । पछिल्लो समय उनी फिल्म बेलबटममा व्यस्त छन् । 

यसै फिल्मको सुटिङको लागि अहिले उनी स्कटल्यान्डमा छन् । यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर