• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

वर्थडे गर्ल : अभिनेत्री नीता ढुंगाना

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको आज जन्मदिन परेको छ । हेटौँडामा  जन्मिएकी नीताले प्रत्येक वर्ष भव्य रुपमा मनाउँदै आएकी छन् ।  तर यसपटक, नीताको जन्मदिन पहिले जस्तो हुने छैन । किनभने, कोभिडले समुहगत रुपमा कार्यक्रम गर्न पाइदैन । नीता ढुंगाना नेपाली फिल्मकी मितिनी हुन् । उनले बाल कलाकार भएर यो फिल्म खेलेकी हुन् । 

नीता नेपाली फिल्ममा चलेकी अभिनेत्री हुन् । हलमा लागेका उनका फिल्म हिट कम फल्प धेरै छन् । तर, पनि उनलाई फिल्मको अफर आइरहेको हुन्छ ।

नोटबुक फिल्ममा रहेको गाला रात्तै गीतले पनि नीतालाई चर्चामा ल्याएको हो । नीता ढुंगानाले ६ एकान ६ फिल्मबाट पनि नाम कमाइन् । नीता गणेश भजन मार्फत गायिकाको रुपमा पनि आइन् । उनी, अब वेव सिरिज बनाउने तयारीमा छिन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर