• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

के बालकृष्ण ढुङ्गेलहरुले नेकपाको छहारी पाउलान् ?

नेकपा माओवादी केन्द्र र नेकपा एमाले विघठन भएको भोलिपल्ट म सदरखोर डिल्लीबजार कारागारमा पुगेको थिए । जहाँ धेरै कैदी बन्दीमध्ये एक थिए बालकृष्ण ढुङ्गेल । उनी अरुभन्दा फरक कैदी हुन् । फरक किन ? सायद उनको बारेमा धेरै व्याख्या गर्न आवश्यक पर्दैन ।   जेठ ३ गते बिहीबारका दिनदेखि औपचारिक रुपमा विघठित माओवदी केन्द्रका क्रान्तिकारी कार्यकर्ता भए वापत उज्जन श्रेष्ठको हत्याराको अभियोगमा उनी थुनामा छन् । माओवादीको नेतृत्वमा भएको जनयुद्धमा लागेवापत राज्यका झुटा मुद्दा खेप्ने हजारांैमध्ये उनी एक प्रतिनिधि पात्र हुन् । भेटघाटका क्रममा उनी पार्टी एकताले निक्कै उत्साहित देखिन्थे । 

कुराकानीकै क्रममा कुरा चल्यो ‘पार्टी विघठित भयो तर आरोप सकिएन ।’ बालकृष्ण ढुङ्गेलले व्यक्त नगरे पनि उनको अनुहारमा प्रष्ट एउटा संसययुक्त प्रश्न थियो, के नेकपाले उनीजस्ता जनयुद्धका योद्धाहरुको रक्षा गर्ला ?  यदी त्यसो नलाग्दो हो त उनले भन्दैनथे होला ‘अब बालकृष्णलाई क्रान्तिकारी भिमकाय योद्धाको व्यवहार चाहिएन, आम ज्यानमुद्दा लागेका कैदीको बरावर छुट दिए पुथ्यो ।’ के उनको अपेक्षा उनका पूर्वसर्वोच्च कमाण्डर प्रचण्ड र हालका प्रधानमन्त्री केपी शर्मा ओली दुवैजना अध्यक्ष रहेको नेकपाको सरकारले पुरा गरिदेला ? वा एउटा आम ज्यानमाराको रुपमा उनीलाई छि–छि र दुर–दुर गर्ला ?  बालकृष्ण ढुङ्गेल एउटा प्रतिनिधि पात्र हुन् । हजारौं माओवादी कार्यकर्ताहरु टाउकोमा मुद्दा बोकेर हिडिरहेका छन् । हिजोसम्म सुने पनि नसुने पनि तिनको आँशु बगाउने एउटा पेरीसडाँडा नामको चौतारो थियो । अब पेरीस डाँडा नामको चौताराको बोर्ड मात्र फेरिएको  छैन त्यसका नायकहरु पनि फेरिएका छन् । परिवर्तनका लागि निस्वार्थ रुपमा छातीमा गोली थाप्न तयार भएका योद्धाहरुको छातीमा फेरी अपमानको बुट बजारीनेछ कि काँधमा हौसलाको हात रहेन छ ? हेर्दा यो भावनात्मक कुरा लागे पनि यसले नेकपाको आगामी संगठन र राजनीतिमा अहम प्रभाव पार्नेछ ।  माओवादीसँग दशौं हजार शहिद र वेपत्ता परिवारको आशा र अपेक्षाको एउटा त्यान्द्रो जोडिएको छ । अब त्यो त्यान्द्रो जोडिनेछ कि टुट्छ ? जनयुद्धका शहिद, वेपत्ता नेकपाका साझा शहिद, वेपत्ता हुन्छन् कि पूर्वमाओवादीका मात्र ? ति माथि कस्तो व्यवहार गरिन्छ ? सामान्य रुपमा यी भावनात्मक कुरा हुन् तर भनिन्छ नि तनमा लागेको चोटभन्दा मनमा लागेको चोटको पिडा धेरै ठूलो हुन्छ ।  के नयाँ बनेको नेकपाले बालकृष्ण ढुङ्गेगलहरुमथि न्याय गर्न सक्ला ? बालकृष्ण ढुङ्गेलहरु जसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउन सबैभन्दा उर्जाका साथ बलिदानी गरे, तिनको बलिदानको अपमान भयो भने निश्चय नै त्यसले विद्रोह जन्माउनेछ र त्यस्तो विद्रोहको अपेक्षा गरेर बसेकाहरुको गाग्रो भरिनेछ । आशा त त्यस्तो नहोस् । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर