गजल
बाध्यताले मेरो जीवन चलेको छ सहरमा
भित्रभित्रै तनमन गलेको छ सहरमा
अन्धकारको तुँवालोले ढाक्दा मेरो बस्ती
झिलीमिली दियो बत्ती बलेको छ सहरमा
देख्नेले राम्रै देख्छ खोक्रो मेरो आवरणलाई
भोगाई भोग्ने मेरो शरीर ढलेको छ सहरमा
जति मलजल गरेपनि नसप्रने मेरो जीवन
अशान्तिको फल मात्र फलेको छ सहरमा
भोक भोकै बसी बिते कयौँ दिन रातहरू
कति पटक भित्री मन जलेको छ सहरमा
माण्डवी, गाउँपालिका तिराम–१, प्युठान
प्रतिकृया दिनुहोस