• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संकटका बेला देशको नेतृत्व गरेकोमा अमेरिकी राजदूतले  दिइन अध्यक्ष प्रचण्डलाई बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजीच भेटवार्ता भएको छ । टेप्लिज अध्यक्ष प्रचण्डलाई भेट्न शुक्रबार बिहान उनको निवास खुमलटार पुथेकि थिईन । आफ्नो कार्याकाल सकाउन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकी हुन् ।
 
भेटका क्रममा अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई कार्यकाल सफल गरेकोमा बधाई दिए । प्रचण्डले भने, ‘तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए ।

प्रचण्डले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्दै  नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको बताए ।

राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला चुनौतिहमा नेतृत्वदायी भूमिका खेलेकोमा अध्यक्ष प्रचण्डको प्रशंसा गरिन् । उनले नेपाल सुन्दर देश भएको बताउँदै राजनीतिक स्थिरता पछि अब देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको बताईन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर