• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

‘डा. केसीको अनसनलाई राजनीतिकरण हुनबाट बचाउँ’

विराटनगर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अनसनरत डा. गोविन्द केसीको अनसनसलाई राजनीतिकरण हुनबाट जोगाउनु पर्ने  बताएका छन् । शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले डा. केसीलाई कसैको राजनीतिक विचारबाट प्र्रभावित हुनबाट समेत बचाउन आवश्यक रहेको बताएका हुन् ।  

मेडिकल शिक्षामा सुधारको माग गर्दै २२ दिनदेखि आमरण अनसनमा बसेका डा. केसीको मागबारे सरकार स्पष्ट हुन नसकेको समेत बताए । उपप्रधानमन्त्री पोखरेलले भने ‘डा. केसीले अगाडि सारेका जनताको पक्षमा भनिएका मागहरु अहिले के के हुन् सरसरर्ती बताउन सक्नु हुन्छ ? मागहरु स्पष्ट छैनन् । सरकार मेडिकल शिक्षालाई कानून बनाएर व्यवस्थित गर्न खोजिरहेको छ उहाँले मैले भनेजस्तो कानून बनाउ भनिरहनुभएको छ, त्यो बाहेक अरु माग हामीले बुझेका छैनौं ।’ 

अघिल्लो सरकारले ल्याएको अध्यादेश जस्ताको त्यस्तै विधेयकको रुपमा पेश गर्नुपछ्र्र भन्ने कुरा गलत भएको उनको भनाई थियो । संसदमा विधेयक  पेश भइसकेपछि गतल बुँदाहरु छन् भने संशोधन दर्ता गर्ने र बहुमतले गतल कुरा पारित गरेको खण्डमा संशोधनका ती बुँदा जनताको बीचमा लगेर सरकारको विरोध गर्न सकिने अवसर डा. केसीले सदुपयोग गर्नुपर्ने उपप्रधानमन्त्री पोखरेलले बताए । उनले भने ‘मैले भनेकै कुरा कानून बनाउनु पर्छ भन्दा कस्तो सुनिन्छ ? सर्वसत्तावाद जस्तो सुनिन्छ नि ? त्यसो भए संसदमा दर्ता भएको विधेयकमा राम्राराम्रा संशोधनका बुँदा हाल्नुहोस् र पारित गराउने पहल गर्नुहोस् न । त्यो हिम्मत छेैन ? ’

लोकतन्त्रमा विधि र प्रकृयाबाट निर्णय हने र सडकबाट निर्णय गराउने सोच सर्वसत्तावादी सोच भएको पोखरेलले बताए । उनले अघिल्लो सरकारले हतारमा ल्याएको अध्यादेश जस्ताको त्यस्तै विधेयकको रुपमा पेश हुने कुनै सम्भावना नरहेको भन्दै अनसनरत केसीको मागहरुका बारेमा छलफल गर्न र निकास खोज्न सरकार सकारात्मक रहेको बताए ।  उनले कसैले ट्याग लगाइदिएकै भरमा अहिले अगाडि सारिएको विषय समाजवादी थिए भनेर भन्न नसकिने पनि दाबी गरे ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर