• २०८१ बैशाख २२ शनिबार
  • Saturday, 4 May, 2024

धनी र गरिबबीचको खाडल अन्त्य नै हाम्रो लक्ष्य

अबको संकल्प समृद्धिको

हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो चिन्ता थियो । किनकि पहिलो संविधानसभा असफल भइसकेपछि दोश्रो संविधानसभा पनि त्यसरी नै असफल भयो भने यो देशको भाग्य के हुने हो ? यो देशका आमनेपाली दिदीबहिनी दाजुभार्ईको जीवन कतातिर जाने हो भन्ने चिन्ता र सन्त्रास सबैको मनमा थियो ।  म विद्यार्थी भाइबहिनीहरूलाई पनि भन्न चाहन्छु तपाइँहरूको काँधमा एउटा ठूलो जिम्मेवारी छ । तपाइँहरूले एउटा उदाहरण प्रस्तुत गरेर आफ्नै रोजगारी सृष्टि गर्ने र प्रकृतिले दिएको वरदानको सदुपयोग गरेर एउटा सभ्य र सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने सपना बोकेर तपाइँहरू अगाडि बढ्नुपर्दछ ।  तर हामी राजनीतिक दलका नेताहरूले त्यो अप्ठ्यारोस्थितिमा एकताको प्रदर्शन गर्यौं । सहमति र समझदारीको प्रदर्शन गरेर संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्यौं । संविधान घोषणाको लगत्तै पछि अर्को प्रश्नले तपाइँ हामी सबैको मनमा अर्को चिन्ता, पीडा र सन्त्रास देखियो । यो संधिवान लागू भएर जाला त ? किनकी संविधान घोषणा भएर हामीले सरकार गठन गरेको सँगसँगै हामीले नाकाबन्दीको सामना गर्नुपर्यो ।  तराई मधेशमा एक किसिमको संघर्षको सामना गर्नुपर्यो र नेपाली जनताको मनमा फेरी देश विभाजित पो हुने हो कि ? तराई–मधेश के हुने हो ? पहाड र तराईको बीचको खाडल झन् बढेर जाने हो कि भन्ने निकै ठूलो चिन्ता आमनेपाली जनताको मनमा थियो ।  त्यहाँ पनि हामी राजनीतिक दलहरूले सुझबुझका साथ समझदारीको साथ, कैयौँ विवाद र मदभेदभित्र पनि हामीले यो संविधान कार्यान्वयन गर्नको निम्ति फेरी एकचोटी दृढता प्रदर्शन गर्नुपर्दछ, फेरी एकचोटि एकता प्रदर्शन गर्नुपर्दछ भनेर हामीले के सत्ता पक्ष के प्रतिपक्ष सबै नै संविधान कार्यान्वयन गर्नेतिर लाग्यौँ ।  मलाई एक किसिमको सौभाग्य भनौँ, मैले जस्तो आन्दोलनको नेतृत्व गरेँ, यो देशका सबै उत्पीडित जाति, वर्ग, लिंग क्षेत्र, समुदाय सबैको पहिचान र आन्दोलनको नेतृत्व गरेर शान्ति सम्झौता हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ठाउँसम्म आफू एउटा नेतृत्वदायी ठाउँमा भएको नाताले मैले तराई–मधेशलाई पनि विश्वासमा लिने, उनीहरूलाई पनि निर्वाचनमा लैजाने, तराई–मधेश, पहाड हिमालको एकतालाई बलियो पार्ने मेरो बुताले भ्याएसम्म, मेरो इतिहासले, मेरो विगतले मलाई दिएको अवसरलाई मैले अधिकतम सदुयोग गरेँ । र, सबै राजनीतिक दलसँग समझदारी गरेर अनि संधिवान कार्यान्वयन गर्ने र त्यसको निम्ति निर्वाचनको प्रकृयातिर देशलाई लैजाने काम गरेँ ।  सबैभन्दा ठूलो प्रश्न थियो स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन, किनकी पहिलो निर्वाचन सम्पन्न भयो भने दोश्रो र तेश्रो निर्वाचन गर्न कुनै कठिनाई थिएन तर पहिलो निर्वाचन नै हुनेस्थिति बनेन भने दोश्रो र तेश्रो निर्वाचन हुनै सक्दैन्थ्यो । त्यसकारण हाम्रो सम्पूर्ण ध्यान पहिलो स्थानीय तह निर्माण सम्पन्न गर्ने अनि स्थानीय तहको निर्वाचन गर्नेमा केन्द्रित भयो ।  हामीले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न ग¥यौँ । हामीले तीनै तहको निर्वाचनमा देशभरिका जनताको अत्यन्त ठूलो उत्साहपूर्ण सहभागितामा सम्पन्न गर्यौँ भन्न पाउँदा विशेष हर्ष र गर्वको महसुस भएको छ ।   अहिले स्थानीय सरकार हाम्रो साथमा छ । अहिले प्रादेशिक सरकार हाम्रो साथमा छ । मलाई लाग्छ प्रदेश २ मा पनि अन्ततः बामपन्थीकै सरकार आइपुग्छ । अनि संघीय सरकार पनि हाम्रो साथमा छ ।  अब हामी स्थायित्व, समृद्धि, विकास र सुशासनको नयाँ युगतिर देशलाई लैजाने अर्को ऐतिहासिक जिम्मेवारीमा हामी छौँ ।  ठीक ढंगले यो ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्नकै निम्ति नेपाली जनताको झण्डै ७० वर्षदेखिको आशा आकांक्षालाई पूरा गर्नकै निम्ति हामी कम्युनिस्टहरू अब एक ठाउँमा केन्द्रित हुनुपर्छ ।  ठीक ढंगले यो ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्नकै निम्ति नेपाली जनताको झण्डै ७० वर्षदेखिको आशा आकांक्षालाई पूरा गर्नकै निम्ति हामी कम्युनिस्टहरू अब एक ठाउँमा केन्द्रित हुनुपर्छ ।  २०१९ सालदेखि विभाजित भएर छियाँछियाँ भएको जनताको एकता, समृद्धि र सभ्यताको आकांक्षा छियाँछियाँ भएको स्थिति हो, त्यसको अब अन्त्य गर्ने समय आयो, त्यो अन्त्य गर्नेभन्दा कोही आकाशबाट खस्ने होईन, हामीले नै प्रयास गर्नुपर्दछ भनेर गएको असोज १७ गते हामी २ वटा कम्युनिस्ट पार्टी कमरेड केपी ओली र मैले हस्ताक्षर गरेर पार्टी एकता संयोजन समिति गठन गर्यौँ । अहिले दुईवटा कार्यदल बनेर अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान हाम्रो हातमा छ ।  हाम्रो पूरै प्रयास छ कि बैशाख ९ गते नै विशाल जनसमुदायको अगाडि एउटा एकीकृत पार्टीको घोषणा गरौँ र देशलाई विकासको एउटा नयाँ युगतिर, समाजवादको नयाँ युगतिर, सामाजिक न्याय र विकासको नयाँ युगतिर लैजाउँ ।  विकासमात्रै भनेर पनि हुँदो रहेनछ । किनकी विश्वका कतिपय देशहरू निकै धनी विकसित छन् । त्यहाँका बाटोघाटो, घर, भवन, एयरपोर्ट, कलेजहरू निकै विकसित छन् । तर, फेरी पनि त्यहाँ सामाजिक न्याय नभएको र त्यहाँ धनी र गरिबबीचको खाडल निकै ठूलो ८०/८५ प्रतिशत जनतको हातमा ८/१० प्रतिशत सम्पत्ति छैन । ५/७ प्रतिशत धनीहरूको हातमा देशको ८०/८५ प्रतिशत सम्पत्ति केही मुठीभर व्यक्तिको हातमा छ । त्यसलाई के धनी भन्ने । हामीले खोजेको नेपाल त्यस्तो धनी नेपाल होइन । हामीले सामाजिक न्यायसहितको सबै नेपालीहरू, सबै दिदीबहिनी दाजुभाईहरूले समान अवसर प्राप्त गर्ने, सबै धनी हुने, सबै समृद्ध हुने, कोही साह्रै धनी कोही साह्रै गरिब हुने खालको विकास हामीले खोजेको होइन । यो कुरा हाम्रो संविधानले समाजवादउन्मुख राज्यको परिकल्पना गर्दैगर्दा र हामीले सामाजिक न्यायको कुरा गर्दैगर्दा हामीले शिक्षा, स्वास्थ्य र रोजगारीमा मौलिक अधिकारको कुरा राख्दै गर्दा हामीले समावेशी लोकतन्त्रको एउटा नयाँ मोडल बनाउन चाहेका छौँ ।  म विद्यार्थी भाइबहिनीहरूलाई पनि भन्न चाहन्छु तपाइँहरूको काँधमा एउटा ठूलो जिम्मेवारी छ । तपाइँहरूले एउटा उदाहरण प्रस्तुत गरेर आफ्नै रोजगारी सृष्टि गर्ने र प्रकृतिले दिएको वरदानको सदुपयोग गरेर एउटा सभ्य र सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने सपना बोकेर तपाइँहरू अगाडि बढ्नुपर्दछ ।  बामपन्थीहरूको साझा घोषणापत्रमा हामीले अबको शिक्षा प्राविधिक शिक्षा, अबको शिक्षा रोजगारी दिने शिक्षा, अबको शिक्षा उत्पादन बृद्धि गर्ने शिक्षा, अबको शिक्षा व्यवसायिक शिक्षा हुनुपर्दछ अनिमात्रै देशभित्रै रोजगारी सिर्जना हुनसक्छ । हामीलाई प्रकृतिले यति धेरै चिज दिएको छ, यति धेरै पानी, जंगल, जडीबुटी, यतिधेरै जमिन, यतिधेरै किसिमको हावापानी, यतिधेरै खनिजपदार्थ प्रकृतिले दिएको छ । तर, हामी मानिसहरूले त्यसलाई सदुपयोग गर्न सकेका छैनौँ । अब सक्नुपर्दछ भनेर नै हाम्रो ध्यान प्राविधिक शिक्षातर्फ अगाडि बढेको छ ।  म सबै प्राध्यापकहरू, शिक्षकहरू र अविभावकहरूलाई पनि यस्तो अवसरमा देशमा सँधै आउँदैन । यो धेरै वर्षको संघर्षपछि ठूलो त्याग तपस्या र देशभरि विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा गरेका संघर्षको प्रतिफल अहिले हामी स्थिर र समृद्ध नेपाल निर्माणको संघारमा आइपुगको छौँ । यो अवसर गुम्यो भने नेपाल निकै ठूलो दुर्घटनामा पर्ने खतरा हुन्छ ।   त्यसकारण यतिवेला जिम्मेवारी छ, हामीले राष्ट्रिय एकताको प्रदर्शन गरौँ, हामीले स्थायित्वको प्रदर्शन गरौँ र हामी सबैले नयाँ नेपाल निर्माण गर्ने, समृद्ध नेपाल निर्माण गर्ने, विकासका पूर्वाधारलाई नयाँ गति दिने, हाम्रो देश सुन्दरताका हिसावले तराई–मधेश, पहाड र हिमालमा यति धेरै पर्यटनको संभावना छ । जसबाट अर्बौँ र खर्बौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ ।  अहिले चीनबाट रेल ल्याउने कुरा चलेको छ । भारतबाट रेल ल्याउने कुरा चलेको छ । मध्यपहाडी लोकमार्गलाई पूरा गर्ने कुरा चलेको छ । अस्तिभर्खर प्रधानमन्त्री, म र सम्बन्धित मन्त्रालय बसेर हामीले केही खनिज पदार्थहरू फलाम, स्टील उद्योग हामीले आफैँ बनाउन सक्छौँ, हामीकहाँ ठूला ठूला बहुमूल्य धातु भएको खानी फेला परेको छ । त्यसलाई हामीले राम्रोसँग सदूपयोग गर्न सक्यौँ भने तपाइँ हामी ज्यूँदै हुँदा ८÷१० वर्षभित्र नै नेपाललाई विकासको तिब्र गतिमा अगाडि बढेको, आमनेपाली जनता यहीँ रोजगारी प्राप्त गर्ने र विदेश गएका नेपालीलाई देशभित्रै फर्काउने अवस्था बन्न सक्छ । खाली कुरा के हो भने अहिले अवसर आएको छ, हामीले सदुपयोग गर्न सक्नुपर्यो । हामी सबैले एउटा प्रतिबद्धता र प्रतिज्ञा गर्न सक्नुपर्यो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर