पेस्तोल र ४ राउण्ड गोलीसहित तीनकुनेमा ७ जना पक्राउ
काठमाडौं । तीनकुनेबाट प्रहरीले एउटा पेस्तोल र ४ राउण्ड गोलसहित सात जनालाई पक्राउ गरेको छ । तिनकुने स्थित ए–वान क्याफेबाट पेस्तोल र गोलसहित सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंको एसएसपी वसन्त लामाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भुपेन राई, राज भण्डारी, समित राई, सुरेश श्रेष्ठ, मिङ्मा शेर्पा, रोमित श्रेष्ठ र सुजन थापा मगर रहेका छन् । उनीहरु हतियार कारोबारी रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस