सम्झाइदेउ न उनीहरुलाई
एकदिन
चौतारीमा बसि
साथीसङ्गीहरु बिच
कुराकानी गर्दै थिएँ ।
अँध्यारोमा रुमल्लिएको
मेरो देश,
मेरो संस्कृति
महँगीको चापले
तप्प तप्प रगत
चुहाइरहेका जनता
त्यही रगतले नुहाइरहेको धर्ती,
बस्,
यति भन्न भ्याउँदा नभ्याउँदै
साथीहरू
विदेशिने कुरा गर्न थाले
को कुन देश जाने, को कुन देश
भन्न थाले ।
अनि
कति संझाएँ
मैले
कति बुझाएँ
प्राण भन्दा
जन्मभूमि भन्दा
प्यारो
अरु केही हुन्न भनेर।
अहँ,
मानेनन्
मान्दै मानेनन्
पासपोर्ट बनाउँछु भन्न थाले
डलर कमाउँछु
रमाउँछु भन्न थाले ।
बिन्ती छ
एकचोटी
सम्झाई देऊ न उनीहरुलाई
सम्झाई देऊ न उनीहरुलाई ।
बेनिघाट, रोराङ ४ धादिङ
प्रतिकृया दिनुहोस