• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ग्यास सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

जनकपुरधाम । धनुषामा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर र एक जना सामान्य घाईते भएका छन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको प्रमोद ग्यास वेल्डिङ पसलमा वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा पसलका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने प्रमोद साह कसेराको मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

घाईतेमध्ये भारत बैरगिनिया घर भई हाल जनकपुरमा टेम्पो चलाउने ३५ वर्षीय राजु गुप्ताको अवस्था गम्भीर रहेकाले उनलाई काठमाण्डौ लैजाने तयारी भईरहेको छ भने सामान्य घाईते भएका जनकपुर उपहानगरपालिका १४ मुजेलियाका बेचन साहको १२ वर्षीय छोरा रोहनकुमार साहको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर