• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

कुलेश्वरमा महाकवि देवकोटा जयन्ती  

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती कविता वाचन तथा अन्तर्क्रिया गरी मनाइएको छ । कुलेश्वर आवास परिवार कल्याण संस्था, साहित्य कला संस्कृति समाजको आयोजनामा संस्कृतिविद् शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

देवकोटाको यात्री कविताको सन्दर्भ कोट्याउँदै जोशीले भने, ‘मानिसले सबभन्दा पहिले आफूले आफैलाई चिन्नु पर्छ । सुकरातले यसोभन्दा बिष पिउनु परेको थियो । मानिसले सन्तोषको जीवन जिउन सक्नु पर्छ ।सत्यम सुन्दरमको जीबन जिउनु पर्छ ।’ उनले यात्री कवितामा देवकोटाले आफूभित्र ईश्वर भएको र त्यसलाई त्यसलाई चिन्नुपर्ने बताएको भनाई राखे । उनले भने, ‘जेष्ठ नागरिक भत्ता बढेन भनेर किन आत्तिने ? एक दिन त बढिहाल्छ नि ! धेरै लोभ पनि गर्नु हुन्न । कुलेश्वरमा तपाईहरुले यस्तो राम्रो भवन बनाएर कार्यक्रम गर्नुभयो । यो स्वागतयोग्य काम हो । अब यस्तो काम देशका ७ वटै प्रदेशमा हुनुपर्छ ।’

कार्यक्रममा देवकोटासम्बन्धी कविता वाचन गर्ने कविहरु सीताराम नेपाल, गणेश घिमिरे मार्मिक, श्याम सापकोटा, किरण केन रंजित, डा भागवत आचार्य, ख्यालमान राई, नारायण निरासी, मुकुन्द          न्यौपाने, डम्बर घिमिरे र स्थानीय विद्यार्थी रहेका थिए । 

कार्यक्रमका संयोजक राम विनयले सबैलाई स्वागत गर्दै महाकवि देवकोटाका बारेमा चर्चा गरेका थिए । उनले भने, ‘नेपाली साहित्यका अग्रणि व्यक्तित्व महाकवि देवकोटा सबै नागरिकको मन र मुटु छन् ।’ कार्यक्रमका अध्यक्ष लोकनाथ पोखरेलले देवकोटाको योगदानको जति चर्चा गरे पनि नपुग्ने धारणा राखे । त्यस्तै बुद्धिमान ढुंगानाले नेपाली साहित्यलाई देवकोटाले अन्तर्राष्ट्रिय स्तरसम्म लैजान महत्वपूर्ण भूमिका खेलेको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर