• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

जाडोमा निमोनियाबाट कसरी बच्ने ? जान्नुहोस् ५ घरेलु उपाय 

काठमाडौं । निमोनिया ब्याक्टेरिया र भाइरसका कारण फोक्सोमा हुने एक आम संक्रमण हो । यो फोक्सोसँग जोडिएको एक गम्भिर रोग पनि हो । निमोनिया हुँदा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, श्वास लिन गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने जस्ता लक्षण देखा पर्छन् । यस गम्भिर रोगको संक्रमण भएमा तपाई चिकित्सक कहाँ पुग्न आवश्यक हुन्छ । 

नेपालमा पनि हरेक वर्ष हज्जारौँलाई निमोनियाले सताउने गरेको बताइन्छ । विशेषगरी बालबालिका र वृद्ध उमेरकालाई यसले धेरै सताउने गरेको चिकित्सकहरू बताउँछन् । बढ्दो प्रदूषण र खानपानका कारण पनि निमोनिया बढिरहेको बताइन्छ । जाडो मौसममा निमोनिया बढी फैलने भएकाले चिसोबाट बच्नुपर्नेमा उनीहरू जोड दिन्छन् । त्यसो त तपाई स्वास्थ्य जीवनशैली अपनाएर पनि निमोनियाको खतरालाई कम गर्न सक्नुहुन्छ ।

१. अदुवा र बेसारको चिया – अदुवा र बेसार राखेको चिया पिउनाले लगातार आइरहने खोकीका कारण हुने छातीमा दुखाईलाई कम गर्छ । 

२. पुदीना चिया – पुदीनामा ‘एन्टी–इन्फ्लेमेन्ट्री’ तत्व उपलब्ध हुन्छ । पुदीनाको चिया पिउनाले छातीमा हलुका महशुस गराउँछ र यसले छातीमा दुखाईलाई पनि कम गर्छ । तपाई पुदीनालाई उमालेको ता–तातो पानी पिउन सक्नुहुन्छ, यसले घाँटीमा हुने खसखसबाट राहत दिन्छ र कफ पनि बाहिर निकाल्छ । 

३. कफी पिउनुहोस् – तातो कफी पिउनाले निमोनियाका कारण हुने श्वाससँग जोडिएको समस्यामा राहत मिल्छ । कफीमा उपलब्ध कफिनले फोक्सोमा भरिएर रहेको फोहोरलाई निकाल्छ र श्वास लिन सजिलो बनाउँछ । 

४. मह – महमा उपलब्ध एन्टिब्याक्टेरियल र एन्टिओक्सिडेन्ट तत्वले निमोनियाबाट हुने उत्पन्न कफबाट राहत दिन्छ । २–३ गिलास तातो पानीमा एक चम्चा मह मिलाएर प्रत्येक दिन पिउनाले निमोनियामा केही आराम मिल्छ । 

५. ता–तातो  सुप – मौसमी सब्जिबाट बनेको सुपले तपाईलाई पोषण दिने मात्रै नभएर तपाईमा संक्रमणबाट बच्न आवश्यक तरल पदार्थको पनि आपूर्ति गर्छ । तातो तरल पदार्थ पिउनाले शरीर तातो रहन्छ र चिसो लाग्नबाट बचाउँछ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर