लुम्बिनी कांग्रेस सभापतिमा अमरसिंह पुनले उम्मेदवारी दिने

काठमाडौं । लुम्बिनी प्रदेश सभापति पदमा नेता रामचन्द्र पौडेलनिकटका अमरसिंह पुन मगरले उम्मेदवारी दिने भएका छन् । उनी यसअघि रोल्पा कांग्रेस सभापति थिए।
पौडेल पक्षले सहमतिमै सभापतिलगायत उम्मेदवार तय गरेको छ।

उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ र रूपन्देहीका अष्टभुजा पाठक उम्मेदवार बन्ने भएका छन्। भने महामन्त्री पदमा नवलपरासीका विक्रम खनाल र कपिलबस्तुका सुरेन्द्रराज आचार्यलाई उम्मेदवारी बनाउने निर्णय गरिएको छ।

साथै सहमहामन्त्री पदमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानकी निमा गिरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

लुम्बिनीमा सभापति शेरबहादुर देउवा पक्षबाट प्रतिनिधि सभा सांसद भरत शाह प्रदेश सभापति पदका उम्मेदवार छन्। भोलि मनोनयन दर्ता र मंसिर १८ मा मतदान हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर