• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नारायणकाजीको प्रस्ताव र महराको समर्थनमा फेरि अध्यक्ष बने प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड पुनः निर्वाचित भएका छन् । पार्टीको विधान अनुसार नवनिर्वाचित केन्द्रीय समितिबाट अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् । प्रचण्डलाई अध्यक्षमा नारायणकाजी श्रेष्ठ र समर्थन कृष्णबहादुर महराले गरेका थिए । सोमबार ललितपुरमा सुरु भएको नवनिर्वाचित केन्द्रीय सदस्यलाई माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष कृष्ण पुकार श्रेष्ठले सपथ ग्रहण गराएका थिए । यस्तै, अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षमा प्रचण्डलाई सपथ ग्रहण गराएका थिए । आठौं महाधिवेशनले चयन गरेका २३६ जना केन्द्रीय सदस्यको बैठक ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो । माओवादी केन्द्रको विधान अनुसार १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । विधानमै भएको व्यवस्था अनुसार महाधिवेशन हलले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने र सो केन्द्रीय कमिटीले १५ सदस्यीय पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गठन गर्ने छ । बैठकको अध्यक्षता भने जेष्ठ केन्द्रीय सदस्य दीनानाथ शर्माले गरेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर