• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

काठमाडौं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १ सय २० एमविपिएस वा ५० एमविपिएस को तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले दश दिन निशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै अर्धवार्षिक वा वार्षिक प्याकेज लिदा भने क्रमशः बिस दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन ।  

सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । सीजी नेटले यसअघि काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफुहरु सक्षम रहेको जानकारी दिएको थियो ।

९ सय ९९ रुपैयामा १२० एमविपिएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६ सय ४९ रुपैयामा ५० एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ । नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ ।

त्यस्तै सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप ३ प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर