• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जनपरिचालनका कामको जिम्मा प्रचण्डलाई दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी)केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । 

शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले सो निर्णय गरेको हो । 

त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिने निर्णय भएको छ ।  

बैठकमा तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल  र  निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविदसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर