• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

तनहुँको दुई गाउँपालिका अध्यक्षमा माओवादीको अग्रता

तनहुँ ।  तनहुँको दुई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माओवादीका उम्मेदवारहरूले अग्रता कायम गरेका हुन् । 

बन्दीपुरमा एक हजार चार सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार पूर्णसिं थापाले चार सय ७३ र उपाध्यक्ष करुणा गुरुङले चार सय ३८ मत पाएका छन् । 
नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर थापाले तीन सय ९६ मत पाएका छन् । यहाँ एमालेले कांग्रेसबाट कारवाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरेका छन् । जोशी समूहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी केशमाया गुरुङले दुई सय १३ मत पाएकी छिन् ।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार ध्रुवलाल प्रधानले तीन सय ९८ र उपाध्यक्षकी उम्मेदवार पञ्चमाया गुरुङले चार सय ६१ मत पाएकी छिन् । 

यस्तै, आँबुखैरेनी गाउँपालिकाको माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमानले एक सय, उपाध्यक्षकी उम्मेदवार दुर्गा अर्यालले ७५ मत पाएकी छन् ।  नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गीरबहादुर थापाले ४३ र उपाध्यक्षका उम्मेदवार पवित्रा गौलीले  ४४ मत पाएकी छिन् । 

एमालेका अध्यक्षका उम्मेदवार ऋषि केसीले ३० र उपाध्यक्षकी उम्मेदवार मीना अधिकारीले ५२ मत पाएकी छिन् । आँबुखैरेनीमा दुई सय  मतगणना भएको छ ।

शुक्लागण्डकी नगरपालिकामा पनि मतगणना सुरु भएको छ । मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डितले अग्रता सुरु गरेका छन् । वडा नम्बर १ को सय मतगणना हुँदा पण्डितले ४९ मत पाएका छन् । यहाँ कांग्रेस र माओवादीको गठबन्धन छ । उपमेयरका उम्मेदवार माओवादी केन्द्रका खुमबहादुर विक (राजु) ले २९ मत पाएका छन् । 

नेकपा एमालेका मेयरका उम्मेदवार मुक्ति तिम्सिनाले ४५ र उपमेयरकी उम्मेदवार फुलमाया वाग्लेले ४५ मत पाएकी छन् । यस्तै, वडाध्यक्षमा नेपाली कांग्रेसका रवीचन्द्र पौडेलले ५० र एमालेका रघुनाथ पौडेल ४५ मत पाएका छन् । शुक्लागण्डकी नगरपालिकाको चार स्थानबाट मतगणना हुँदैछ ।  १२ बजेपछाडि मतगणना थालिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर