• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘छेलिएको अनुहार’ सार्वजनिक

बागमती । वरिष्ठ पत्रकार प्रताप विष्टद्वारा लिखित ‘छेलिएको अनुहार’ नामक  पुस्तक सार्वजनिक भएको छ ।  बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार  विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटाँैडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, सन्तोषी वनकारिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र वरिष्ठ साहित्यकार तुलसी थापाले संयुक्तरूपमा शनिबार सो पुस्तकको विमोचन  गरेका थिए । 

विसं २०४९ फागुन १३ गतेबाट कान्तिपुर दैनिकमा आबद्ध हुनुभएका पत्रकार विष्टले विसं २०५० मा मकवानपुर जिल्लाका  अल्पसङ्ख्यक  चेपाङ समुदायका विषयमा लेख्न सुरु  गरेका थिए । विसं २०५२ मा वनमै रहेका  वनकारिया समुदायको समाचार लेखेका  विष्टलाई चेपाङ र वनकारिया पत्रकारका रूपमा उपमासमेत दिने गरिएको थियो । सोही विषयलाई समेटेर सो पुस्तक लेखिएको बताइएको छ ।

सर्जक  सञ्जाल  मकवानपुरका  संयोजक  निमेख निखिलको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा डा तारालाल श्रेष्ठ, चितवनका प्राध्यापक एवं साहित्यकार भूपिन,  मकवानपुरका साहित्यकार तुलसी थापा र पत्रकार एवं लेखक चन्द्रकिशोर झाले विमोचित पुस्तकमाथि चर्चा  गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर