• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मंशिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति – पञ्चा सिंह 

 काठमाडौं ।। अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा मंशिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन ।
 अखिल(क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभिया उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी (केन्द्र)को केन्द्रिय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन । 

मंशिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने र गठबन्धनको दोस्रो  ठूलो  शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने अध्यक्ष सिंहको जिकिर थियो । 

तिन महिने अभियान सञ्चालन गरेको अखिल(क्रान्तिकारी)ले  सुदुरपश्चिम, लुम्बिनि, कर्णाली, सहित एक नम्बर प्रदेशमा  भेला सकिसकेको र बागमति प्रदेश र मधेश प्रदेकका भेला रकार्यक्रमहरुश्रवण महिना भित्र सम्पन्न हुने अखिल(क्रान्तिकारी)का महासचिव दिपेश पुनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर