अल्फाका संचालक ओली निकट व्यापारी
काठमाडाैं । अल्फा बिटाका संचालक एमाले अध्यक्ष ओली निकट व्यापारी भएको खुलेको छ । उनी एमाले संबद्ध भएकै कारण अल्फामा महानगरको कारवहशी पस्चात एमाले निकट व्यापारीहरु एक भएर विरोधमा समेत उत्रेका छन् ।
अल्फा बिटा समूहका अध्यक्ष द्विराज शर्मा एमालेमा पनि अध्यक्ष ओली निकट भएका कारण महानगरले अल्फामा कारबाही सुरु गरे लगतै उद्योग बाणिज्य महासंघले विरोध समेत जनाएको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अहिले नक्सा पास नभएका संरचना भत्काउने अभियानमा छन् । काठमाडौंको बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सले निर्माण गरेका पूर्वाधारको अनुगमन गर्न पुगेका बालेन त्यहाँ पनि अनाधिकृत रुपमा रहेका सैरचना देखे पछि आक्रोशित भएका थिए ।
नक्सा मागेपछि सञ्चालकले तत्कालै दिन नसकेपछि झ्वाँक्किएका बालेनले तत्कालै अवैध संरचना रहेको सटर झार्न निर्देशन दिएका थिए । महानगरले यसअघि नै ३५ दिने सूचना निकालिसकेको बताउँदै ३५ दिन भित्र कही कतै पनि संरचना नहटे पछि महानगर मैदानमा उत्रिएको हो । अल्फामा पुगेका पत्रकारहरु सँय शर्माले बालेनलाई डन हो कि के हो भन्दै प्रश्न समेत गरेका थिए। उनले आफूलाई थर्काउन खोजेको गुनासो गरेका थिए ।
अल्फा बिटाले फुटपाथमै पार्किङदेखि नक्साबिनाको संरचना बनाएको गुनासो आए पछी काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गरी भत्काएको छ ।
आज बिहान मेयर बालेन र अल्फा हाउसका घरधनीबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो । बालेनले घरधनीसँग नक्सा मागेका थिए, तर घरधनीले महानगरमै भएको जवाफ दिएपछि बालेन जंगिएका थिए । उनले एमालेकाे शक्तीका कारण महानगर प्रमुख सँग त्याे ख ालकाे अभिव्यक्ती दिएकाे हुन सक्ने आकलन गरीएका छ ।
बालेनले बिहीबार शंखमुलस्थित बर्गर हाउसको पनि अनुगमन गरेर बेसमेन्ट खाली गराउन निर्देशन दिएका थिए ।
प्रतिकृया दिनुहोस