• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एमालेकाे वाकथन पार्टीकाे झण्डार चुनाव चिन्ह प्रयाेग भएन (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वाकथन पदयात्रा गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् ।

उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी  रहेकी थिइन् ।  बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो ।

 वाकथन पदयात्रा मा पार्टीको झण्डा वा सुर्य चुनाव चिन्ह प्रयोग नगरी पुरै नेपालको राष्ट्रिय झण्डा प्रयोग गरेर जनताको ध्यान आफुंतिर पेश गरेको थियाे  ।  सर्वसाधारण नागरिकबीचमा पार्टीको झण्डाप्रति बितृष्णा फैलिएको बेला  आलोचनाहरु मत्थर हुने  अभिप्रायले यस्ताे गरीएकाे एमाले नेताहरकाे भनाइ छ  । 

असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।  वाकथनको बसन्तपुरमा अध्यक्ष ओलीले सम्बोधन गरी समापन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर