• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

मन्त्री नै हेलमेटविना बाइकमा सरर...

बारा । निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी हेलमेट बीनानै माेटरसाइकलमा सवार भएका छन् ।

उनी सवार मोटरसाइकलका चालकले समेत हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीकाे यस्ताे व्यवहार देखेर मतदाताहरूले नियम कानुनले 'ठुलाबढा'लाई नछुने हाे की के हाे भनेर प्रश्न गरेका छन् । 

निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई राेकेका थिएनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर