• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको हमला, १० जनाको मृत्यु 

काठमाडौं । अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु भएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो ।

गोली हान्ने फरार छन् र उनले गोली हान्नुको कारण खुलेको छैन ।

अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् ।

गोली प्रहार भएको ठाउँमा एशियाली मुलका मानिसको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर