• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

रविले नागरिकता पाउँदै, प्रहरीले छानबिन अघि बढ्ने संभावना

काठमाडौं । रवि लामिछानेले केही बेरमा नागरिकता पाउने भएका छन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंल उनलाई पुनः नागरिकता दिन लागेको हो ।

अहिले जिल्ला प्रशासनमा उनकाेनागरिकताकाे काम सुरु भएकाे जनाइएकाे छ । सर्वोच्च अदालतको संवैधानिक आदेशपछि उनकाे  गृह मन्त्री, राष्ट्रिय स्वातन्त्र पार्टीको सभापती र संसद पद नै गएको थियो ।

२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिका बस्ने गरी गए पछि अमेरिकी नागरिक भएका थिए । तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन् ।

२०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए।

त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेर उमेदवारी दिएका र निर्वाचित भएका थिए ।

नागरिकतालाई वैधानिक बनाउनका लागि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा उनको नागरिकतालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैधानिकता प्रदान गर्न लागेको हो  ।

चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र रास्वपा सभापति पदसमेत गुमाएका उनले अब नेपाली नागरिककमा रुपमा सक्रिय हुन पाउने छन् । तर उनीविरुद्ध दोहोरो राहदानी प्रयोग, खारेज भइसकेको नागरिकताबाट पदमा पुगेर कानुनी दुरुपयोगसहितमा छानबिन अघि बढ्ने सम्भावना पनि रहेकाे छ। 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर