• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कबिता "मैले पिएको छु" 

हो म आज नसामा छु 
किन कि मैले पिएको छु 
खुट्टाहरु लडबडाएकाछन 
बोलिको कुनै भर छैन 

शरीर लर्बराएको छ 
आँखा धमिला छन 
दिमागमा होस छैन
तर अझ पनि मन स्थिर छ 

आशा हरु बाकी छन 
अनि याद हरु ताजा छन ।

हो मैले आज पिए 
तिम्रो याद भुलाउन पिएँ
नपिउनु भन्थियो प्यारी 
तिमिलाई चुनौती दिन पिएँ 

बाहुन को छोरो डर थियो 
जनाइ फालेर पिएँ 
हो आज मैले संसार भुलेर 
तिम्रो नासामा झुलेर पिए ।

मैले पिएको छु 
म झ्यापमा छु 
तर यो नसोच कि 
मैले बिर्सेको छु 

मैले पिएको हो भुलेको छैन 
अझै ताजा छ तिम्रो याद 
अनि तेहि याद भुलाउन पिए 
पिउने निउमा फेरि सम्झे 
अनि फेरि यादमा आयौ 
अनि भुल्न फेरि पिए 

तिम्रो यादमा तडपिएर पिएँ 
आत्मा झै एक्लै भड्किएर पिएँ 
हो मैले आज पिएँ

शरीर होसमा छैन 
तर मन भने झै स्थिर छ 
जे होस मैले आज पिएँ 
तिमिलाई भुलाउन पिएँ
पिए पछि झन याद आयौ 
अनि फेरि भुलाउन पिएँ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर