• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

शिक्षामा सुधार गरेर मात्रै समृद्धि र सुशासनको जग बसाल्न सकिन्छ : प्रधानमन्त्री

सिन्धुपाल्चोक। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । आज शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ । म नेपाल सरकार एवं मेरो तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर