परिवर्तन गाउँपालिकाको १४ औं गाउँसभा तथा दिउँदे अधिवेशन सम्पन्न
रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाको १४ औं गाउँसभा तथा दिउँदे अधिवेशन सम्पन्न भएको छ । ‘समृद्धि,सुरक्षित,सामाजिक न्याय र सुशासन युक्त परिवर्तन गाउँपालिका’भन्ने मुल नारालाई आत्मसात गर्दै गाउँसभा, दिउँदे अधिवेशन सम्पन्न गरेको हो।
परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षमा भएको १४ औं गाउँसभा तथा हिउँदे अधिवेशन कार्यक्रममा परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने लगायत परिवर्तन गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष,वडा सदस्य, गाउँ कार्यपालिकाका सदस्य, परिवर्तन गाउँपालिकाका गाउँसभाका सदस्य र परिवर्तन गाउँपालिकामा विभिन्न विषयगत शाखामा कार्यरत प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो।
परिवर्तन गाउँपालिका(२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले आर्थिक वर्ष २०७९र०८० को सार्वजनिक सेवा तथा क्षमता विकास समिति तर्फ गरेका कार्यहरूको प्रगति विवरण हिउँदे गाउँसभामा पेश गर्नुभएकोे थियो।
त्यस्तै परिवर्तन गाउँपालिकाका नायब सुब्बा ललित बुढा मगरले परिवर्तन गाउँपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास मिति २०७९ श्रावण देखि हालसम्म गाउँकार्यपालिका बाट भएका निर्णयहरुलाई अनुमोदनको रूपमा पेश गरेका थिए ।
परिवर्तन गाउँपालिकामा हालसम्म १२ वटा कार्यपालिकाको बैठक सम्पन्न भएको बताइएको छ। साङ्गाठानीक तथा व्यवस्थापन पक्षको परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले प्रस्तुत गरेका थिए । परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य खिम विक्रम चन्दले स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन प्रस्तुत गरेका थिए ।
२०७७र०७८ बेरुजु परिवर्तन गाउँपालिकामा २७ वटा योजनामा बेरुजु आएको थियो भने करिब ४ करोड भन्दा बढी बेरुजु आएको थियो भने २०७८र०७९ मा आएको बेरुजु २ करोड २५ लाख रुपियाँ आएकोमा सबै बेरुजु शून्य बनाएको छ।परिवर्तन गाउँपालिकाको विभिन्न योजनाहरु संशोधन र विभिन्न निर्णयहरुलाई गाउँसभाले अनुमोदन गर्दै १४ औं गाउँसभा,दिउँदे अधिवेशन सम्पन्न भएको परिवर्तन गाउँपालिकाले बताएको छ।
प्रतिकृया दिनुहोस