• २०८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम, यसरी हुन सकिन्छ सहभागि

काठमाडौं । सरकारले महत्वकाँक्षी योजनाका साथ जनताको जलविद्युत कार्यक्रम सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार राष्ट्रिय सभा गृहमा ऊर्जामन्त्री वर्षमान पुन लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा आयोजित एक विषेश समारोहबीच कार्यक्रमको उद्घाटन गरेका हुन् ।

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्रालयले सुरुवात गरेको यो कार्यक्रमबाट ३ हजार ४ सय ७९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष राखिएको छ । विभिन्न १९ ओटा परियोजना जनताको लगानिका लागि छनोट गरिएको सो कार्यक्रममा ७० प्रतिशत ऋण लगानि तथा ३० प्रतिशत जनताको शेयर लगानि गर्ने ऊर्जामन्त्रालयले योजना अघि सारेको छ । 

यसरी हुन सकिन्छ सहभागि
कम्पनी मोडलमा निर्माण हुने आयोजनामा प्रवर्दक कम्पनीले विक्री प्रवन्धक मार्फत शेयरको सार्वजनिक निष्काशन गर्नेछ । शेयर लगानी गर्न ईच्तुक व्यक्तिले आस्वा प्रणाली अनुसार शेयर आवेदन लिनुपर्नेछ । 

हरेक कम्पनीको छुट्टाछुट्टै शेयर नष्काशन र आवेदन हुनेछ । यस कार्यक्रम अन्तर्गत आवेदकको खाता र वैंक खाता हुनु अनिर्वाय गरिएको छ । 

शेयर रकम भुक्ता गर्ने विधि
पहिला किस्ता : आवेदकका साथ खरिद गर्न प्रतिवद्धता गरेको रकमको १० प्रतिशत । दोश्रो किस्ता : आयोजना निर्माणको न्यूनतम ७५ प्रतिशत भौतिक प्रगति हासिल भएपछि र बाँकी ९० प्रतिशत रकम ।

जनताको लगानिमा बन्ने आयोजनाहरु
जलविद्युत आयोजनाहरु प्रदेश १ मा ६ ओटा, प्रदेश ३ मा २ ओटा, प्रदेश ४ मा ४ ओटा, प्रदेश ५ मा १ओटा, प्रदेश ६ मा ३ ओटा र प्रदेश ७ मा ३ परियोजना रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर