• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

राष्ट्रपति निर्वाचन, कुन दलकाे मत कति ?

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले मिती तय गरीसकेको छ । आयोगले आगामी फागुन २५ र चैत ४ गतेका लागि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिती तय गरेको हो । 

आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत्र ४ का लागि प्रस्ताव गरेको छ ।  यसअघि संसद्का सदस्यले मतदान गरेर दुई राष्ट्रपति र उपराष्ट्रपतिलाई चयन गरिसकेका छन् । यसअघि संसद्मा कायम रहेका सदस्यको बहुमत प्राप्त गर्ने उम्मेदवार नै राष्ट्रपति र उपराष्ट्रपति हुने व्यवस्था रहेको थियो ।

यही व्यवस्थाअनुसार प्रथम राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएका थिए । दोस्रो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने बेलामा संविधानले परिकल्पना गरेको तीन तहको संरचना तय नभएकाले तत्कालीन संसद्को बहुमतबाटै सो पदको टुंगो लागेको थियो । संसदको बहुमतबाटै नेपालको पहिलो राष्ट्रपतिका रुपमा रामवरण यादव तथा उपराष्ट्रपतिको रुपमा परमानन्द झा निर्वाचित भएका थिए । 

दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी राष्ट्रपति र नन्दकिशोर पुन 'पासाङ' उपराष्ट्रपति बनेका थिए । संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पहिलाको भन्दा फरक ढंगले हुने व्यवस्था रहेको छ ।

संविधानमा के छ नयाँ कानुनी व्यवस्था ?

नयाँ संविधानले भने यी दुवै पदको निर्वाचनका लागि मतदातालाई विस्तार गरिदिएको छ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ ।  प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३ सय ३४ सदस्य रहेका छन् ।

त्यस्तै, ७ वटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य समेत गर्दा राष्ट्रपतिको निर्वाचनमा कुल ८ सय ८४ मतदाता रहेका छन् ।

धारा ६२ मै थप व्यवस्था समेत रहेको छ– ‘संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुन बमोजिम फरक हुनेछ ।’  राष्ट्रपतिबाट प्रमाणित भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ ।

मतभार नेपालको कुल जनसंख्यालाई क्रमशः सम्बन्धित सभाको सदस्य संख्याले भाग गरी १००० ले गुणन गरेर निकालिएको हो । यसअनुसार, संघीय संसद्का कुल ३ सय ३४ सदस्यको कुल मतभार (प्रति सदस्य ७९ का दरले) २६ हजार ३ सय ८६ हुन आउँछ । प्रदेशसभाका कुल ५ सय ५० सदस्यको कुल मतभार (प्रतिसदस्य ४८ का दरले) २६ हजार ४ सय हुन आउँछ । यसरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल मत ५२ हजार ७ सय ८६ हुन आउँछ । त्यसैले जितका लागि उम्मेदवारले २६ हजार ३ सय ९४ मत ल्याउनुपर्छ।

एक महिनामा निर्वाचन

पारित ऐन प्रारम्भ भएपछि पहिलो पटक हुने निर्वाचनको हकमा संघीय संसद् र प्रदेशसभाको गठन भएको एक महिनाभित्र निर्वाचन हुनेगरी आयोगले निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँचजना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्नेछ । उम्मेदवार हुनका लागि भने वंशजका आधारमा नेपाली नागरिक भएको र कम्तिमा ४५ वर्ष उमेर पूरा भएको लगायतका व्यवस्था छन् ।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था संविधानमा गरिएको छ । धारा ७० मा भनिएको छ– यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक(फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्नेछ ।

यो व्यवस्थाले एउटै लिंगका व्यक्ति समेत राष्ट्रपति र उपराष्ट्रपति बन्न सक्नेछन्। उनीहरु फरक समुदायको भए भने एकसाथ राष्ट्रपति र उपराष्ट्रपति बन्न बाधा नपुग्ने देखिन्छ। दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू वा मुस्लिम आदिलाई फरक समुदाय मानिनेछ।

राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने निर्वाचनमा उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डल (संघीय संसद र प्रदेशसभाका सदस्य) को तत्काल कायम रहेको कूल मतको बहुमत नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच मतदान हुने गरी पुनः निर्वाचन हुनेछ। दुई जना बीच निर्वाचन हुँदा पनि कसैले ५० प्रतिशत मत नकटाएमा पुनः मतदान हुनेछ। त्यसपछि हुने निर्वाचनमा भने सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुनेछ। अर्थात्, ५० प्रतिशत मत कटाउनुपर्ने छैन ।

कुन दलको कति मत?

हाल प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । नेपाली कांग्रेसका एक र राष्ट्रिय स्वतन्त्र पार्टीका ए जनाको पद खारेज भए सँगै हाल प्रतिनिधिसभमा २७३ सदस्य रहेका छन् । राष्ट्रियसभामा ५९ जना सदस्य छन् । संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन् । संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ ।

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो भने प्रदेशसभामा ५ सय ५० जना सांसद रहेका छन् । जसको मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ । ५२ हजार ७८६ मतमध्य निर्वाचित हुनका लागि २६ हजार ३ सय ९४ मत ल्याउनु पर्छ । राष्ट्रपति निर्वाचित हुन पाँच प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

संघीय संसद्मा १४ वटा राष्ट्रिय दल र स्वतन्त्र हैसियतमा प्रतिनिधित्व छ । त्यस्तै, प्रदेशसभामा रहेका दल र स्वतन्त्र हैसियतमा सांसदहरुको कुल मत ५२ हजार ७८६ मतमध्य तहको कुल प्रतिनिधित्वलाई हेर्ने हो भने कुनै दलको पनि बहुमत रहेको देखिदैन । 

हाल नेपालको प्रदेश तथा प्रतिनिधि र राष्ट्रिय सभामा  नेपाली कांग्रेसको सबै भन्दा बढी मत रहेको छ । संघमा ७ हजार ७४२ र प्रदेशमा ८ हजार ४०० गरी उसको मतभार १६ हजार २२१ रहेको छ । दोस्रो ठूलो दलका रुपमा रहेको नेकपा एमालेसँग १५ हजार  २८१ मत रहेको छ । एमालेको सँंघमा ७ हजार ५०५ र प्रददेशमा ७ हजार ७७६ मत रहेको छ ।

माओवादी केन्द्रको मत जम्मा ७ हजार ७२८ रहेको छ । तेस्रो शक्तीका रुपमा रहेको माओवाीको मत संघमा ३ हजार ७१३ र प्रदेशमा ४ हजार०८० रहेको छ । एमालेबाट टुक्रीएर बनेको नेकपा एकीकृत समाजबादीको २ हजार ४७८ रहेको ५ भने चौथो दलका रुपमा उदाएको रास्वपाको १ हजार ५८० मत रहेको छ । 

यसै गरी जसपाको २ हजार ९७ र राप्रपाको २ हजार २१० मत रहेको छ भने जनमत पार्टीको १ हजार २४२ मत रहेको छ ।  लोसपाको ८२७ नागरिक उन्मुक्तीको ७६५ नमकिपाको २२३ राजमोको १५८ र हाम्रो नोपाली पार्टीको ९६ मत रहेको छ ।  देशभरबाट स्वतन्त्र उम्मेदवारी दिएर सांसद बनेका स्वतन्त्र सांसदहरुको मत १ हजार २८७ मत रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर