• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पनौतीमा पाँच कवि सम्मान

काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई सम्मान गरिएको थियो । कविलाई प्रा डा विष्णु एस राईले नगदसहित सम्मान भएका छन् । 

यस्तै गोष्ठीमा स्थानीय कवि मीरा पौडेलको ‘देखेको कथा’ र सुभद्रा दाहालको ‘मनको आँखा’ नामक पुस्तकको पनौतीका नगरप्रमुख रामशरण भण्डारीले लोर्कापण गर्नुभएको छ । सो अवसरमा विभिन्न स्थानबाट आएका तीन दर्जन कविले आ–आफ्ना काव्य वाचन गर्नुभएको थियो । काव्य वाचकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा  साहित्यकार एवं अक्षरमालाका अध्यक्ष सूर्यप्रसाद लाकाजु, साहित्यकार तुयुकाजी ताम्राकार, पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दाहाल, इन्द्रेश्वर क्याम्पस प्रमुख श्रीकुमार सुवाललगायतले काव्य कृतिका विषयमा आ–आफ्नो भनाइ  राखेका थिए । 
––– 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर