रामचन्द्र पौडेल मत माग्दै मैदानमा, सुरु भयो मतदान
2023-03-09-10-20-58.jpeg)
काठमाडौं । देशको तेस्रो राष्ट्रपतिका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको छ ।
राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र विपक्षी एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
अहिलेसम्मको अवस्था हेर्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल निर्वाचित हुने सम्भावना बलियो छ । नेता पौडेल मतदातासँग मत माग्न निर्वाचन स्थाल पुगिसकेका छन् ।
प्रतिकृया दिनुहोस