• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जनयुद्धका घटना अदालत पुगे प्रचण्डमात्रै होइन ओली र देउवा पनि जेल जानुपर्छः सीपी गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिएर गए प्रचण्डमात्रै नभएर केपी ओली र शेरबहादुर देउवा पनि जेल जानुपर्ने बताएका छन् । 

शनिबार संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनयुद्धका घटनामा प्रचण्डमात्र नभई तत्कालीन सात राजनीतिक दलका नेताहरु पनि जिम्मेवार रहेको बताएका हुन् ।

कार्यक्रमा गजुरेलले शान्ति प्रक्रियामा तत्कालीन विद्रोही नेकपा (माओवादी), सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको आरोप लगाए ।

उनले शान्ति प्रक्रियाको मर्मअनुसार संक्रमणकालीन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, बबुराम भट्टराई पनि जिम्मेवार रहेको बताए ।

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीहरुमाथि नै मुद्दा लगाइएको भन्दै आपत्ति जनाए ।  उनले अहिले व्यवस्था दलाल पुँजीपति वर्गको हातमा पुगेको भन्दै त्यसविरुद्ध आफूहरु उभिएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर