• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

फिफा बरियतामा नेपाल तीन स्थान माथि उक्लियो

काठमाडौं । विश्व फुटबलको नियामक निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालको सुधार देखिएको छ । नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा तीन स्थान सुधार भएको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अंकका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो ।  

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २०औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ ।

इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न । नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दसौं स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर