कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै 

काठमाडौं । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रोपटक विश्वासको मत लिने भएका छन् ।

शुक्रबार अपरान्ह ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। उनलाई नेपाली काँग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा शुक्रबारदेखि औपचारिक रुपमा सदनमा उपस्थिति जनाउनेछ ।

उता, कर्णाली प्रदेश सभाका विभिन्न चारवटा समितिले शुक्रबार नै पूर्णता पाउने भएका छन्। प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यहरुको नामावली सदनमा रहेका दलहरुले सचिवालयमा बुझाइसकेका छन् ।

‘उहाँहरुले दलबाट प्रतिनिधित्व हुने गरि चारवटा समितिका लागि सांसदहरुको नाम पठाइसक्नु भएको छ,’ सचिव बुढाथोकीले भने, ‘आज बस्ने प्रदेशसभा बैठकमा सभामुख ज्यूले नाम पढेर सुनाउनु हुन्छ। त्यसपछि समितिले पूर्णता पाउँछ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर