• २०८२ श्रावण १७ शनिबार
  • Saturday, 2 August, 2025

संघीय संसदमा आउने भए दुई नयाँ सचिव

काठमाडौं । प्रतिनिधिसभा सचिवमा पदम पाण्डे र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्यालको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँच वर्षे कार्यकाल शुक्रबार सकिएको थियो ।

रिक्त सचिव नियुक्तिका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई नाम सिफारिस गरेका हुन् । पाण्डे पूर्व नायब महान्यायाधिवक्ता हुन् भने अर्याल संसद् सचिवालयका उपसचिव हुन् ।

अर्याल हाल सार्वजनिक लेखा समिति सचिवसमेत हुन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र अध्यक्षको सिफारिसमा सदनको सचिव नियुक्त हुन्छन् ।

सभामुख घिमिरेले सचिव नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको बताए । सचिव नियुक्ति भएपछि संसदीय समितिको काम कारबाही अघि बढ्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर