• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि, किर्गिस्तानसँग भिड्दै  नेपाल

काठमाडौं । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगिता आज (मंगलबार) काठमाडौंमा सुरु हुँदै छ। पहिलो दिन आयोजक नेपाल किर्गिस्तानसँग भिड्दै छ।  


नेपाल र किर्गिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अपराह्न साढे ४ बजे सुरु हुनेछ। साविक विजेतासमेत रहेको नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ।


च्यालेन्ज कपमा आज चार खेल हुनेछन्। बिहान साढे ९ बजे सुरु हुने पहिलो खेलमा उज्वेकिस्तान र श्रीलंका भिड्दै छन्। 

मध्याह्न १२ बजे बंगलादेश र भारत खेल्नेछन्।

आजको अन्तिम खेल मालदिभ्स र काजकिस्तानबीच हुनेछ। यो प्रतिस्पर्धा राति ७ बजे सुरु हुने तालिका छ।


च्यालेन्ज कपमा ८ टोली सहभागी हुनेछन्।

नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्ने छ। 

समूह एमा नेपालसँगै भारत, बंगलादेश र किर्गिस्तान छन्। समूह बीमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान छन्।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर