• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

दुर्गा प्रसाईँ विरूद्व  पाँच वटा मुद्धा दर्ता

काठमाडौं ।   व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्धा दर्ता भएको छ । सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्धा दायर भएको हो ।

प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न आनकानी गरेपछि आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्स लगायतले मुद्दा दायर गरेका हुन् ।

प्रसाईंका दुई कम्पनी बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ तिर्न बाँकी भएको मुद्धामा उल्लेख छ। प्रसाईँविरुद्ध वैशाख २४ गते झापा जिल्ला अदालतमा सात वटा मुद्दा दायर भएका हुन्।

प्रसाईंसँगै बिएण्डसीका अन्य सञ्चालक रामबाबु गिरी, इन्दिरा गिरी, डा। रइस पोखरेल र अनुज जङ्ग रायमाझीलाई मुद्दामा विपक्षी बनाइएको छ।

बिएण्डसी र प्रसाईंविरुद्ध सबैभन्दा ठूलो माग दाबीको मुद्दा लाइफलाइन ट्रेड इन्टरनेशनलको छ। जसमा रामबाबु गिरी, इन्दिरा गिरी, डा. रइस पोखरेल र अनुज जङ्ग रायमाझी पनि विपक्षी छन्। कूल पाँच करोड २३ लाख १९ हजार २०५ रुपैयाँ सावा भुक्तानी बाँकी रहेको दाबी निवेदकको छ। तीन वर्षदेखि रकम भुक्तानी नभएकाले ब्याज समेत भराउन मुद्दामा माग गरिएको छ।

दुर्गा प्रसाईँले बैंक तथा  वित्तीय संस्थाको निक्षेप नतिर्ने भन्दै अभियान समेत चलाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर