• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

भारत रेल दुर्घटनाः ‘म बाँचेँ तर धेरैले ज्यान गुमाए’

भारतको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ दुई यात्रुवाहक रेल र एक मालवाहक रेल ठोक्किँदा भएको दुर्घटनालाई चार दशकयताकै खराब मानिएको छ।

एजेन्सी । अधिकारीहरूले बालासोर जिल्लामा शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेसका कैयौँ डिब्बाहरू पटरीबाट बाहिर खसेका थिए जसले रोकिराखेको एउटा मालवाहक रेललाई ठक्कर दिँदा त्यसका कैयौँ डिब्बाहरू विपरीत दिशाको पटरीमा परे।

अर्को यसवन्तपुरदेखि हावडातर्फ गइरहेको हावडा सुपरफास्ट एक्सप्रेसले पल्टिएका डिब्बाहरूमा ठक्कर दिएको थियो। बीबीसीले उक्त दुर्घटना देखेका त्यस गाउँका दुई जना,कोरोमण्डल एक्सप्रेसमा यात्रा गरेका एक जना घाइते यात्रु र एक जना मृतकका आफन्तसँग कुराकानी गरेको छ।

यस सामग्रीमा रहेका विवरणहरूले कतिपय पाठकहरूलाई विचलित पार्न सक्छ। मालवाहक रेल भिन्न पटरीमा रोकिएको अवस्थामा थियो। कोरोमण्डल एक्सप्रेस पटरीबाट बाहिर खस्दै मालवाहक रेलसँग ठोक्किन पुग्यो।

त्यहाँ अस्तव्यस्त अवस्था सिर्जना भयो। अर्कोतर्फबाट आएको रेल शालिमार एक्सप्रेस थियो। त्यो पछाडिबाट ृकोरोमण्डल एक्सप्रेसमो ठोक्कियो। त्यसका दुई वटा डिब्बा पटरीबाट निस्किए। त्यस बेला ठूलो आवाज आयो। त्यहाँ सबैतिर धुवाँ थियो।

त्यहाँको अस्तव्यस्त अवस्थामाझ मानिसहरू जताततै दगुरिरहेका थिए। म पटरीनजिकै थिएँ र दगुरेर घटनास्थलमा पुग्ने निधो गरेँ। हामीले त्यहाँ अड्किएका केही यात्रुलाई निकाल्ने प्रयास गर्‍यौँ।

हामीले केहीलाई जीवितै निकाल्न सक्यौँ तर हामीले निकालेकामा केही शवहरू समेत थिए। त्यहाँ निकै धेरै घाइते थिए, हामीले कसरी तिनलाई त्यहाँबाट निकाल्ने भनेर सोच्न सकेनौँ।

उद्धारकर्ताहरू आएपछि केही सहज भयो। त्यो काम रातभर चल्यौँ।  घटनाबाट म अझै स्तब्ध छु। हामीले चर्को आवाज सुन्यौँ।

घरबाट बाहिर निस्कँदा हामीले उक्त घटना देख्यौँ। मैले मालवाहक रेल अर्को रेलमाथि चढेको देखेँ। जब म घटनास्थल पुगेँ त्यहाँ मैले धेरै घाइते र धेरै मृतकहरू देखेँ।

एउटा बालक रोइरहेका थिए, सायद उसका उसका अभिभावकको मृत्यु भएको हुनुपर्छ। केही बेरपछि ती बालकको समेत मृत्यु भयो। यहाँ धेरै मानिसहरूले पानी मागिरहेका थिए। मैले सक्दो धेरैलाई पानी दिएँ। हाम्रो गाउँबाट यहाँ मानिसहरू आएर आफूले सक्नेजती सहयोग गरे।

त्यो कहालीलाग्दो थियो। एक्कासी झट्का महसुस भएर रेलले पटरी छाड्दा म त्यस रेलभित्र थिएँ।

त्यहाँ ठूलो गर्जनजस्तो आवाज आयो र रेल पल्टियो। म त्यहाँ फसेँ र आधा घण्टापछि स्थानीय मानिसहरूले मलाई उद्धार गरे। हाम्रा सबै सामानहरू भित्र छितरिएका थिए। मैले ती कुनै पाउन सकिनँ। म बाहिर निस्किएँ र भुइँमा बसेँ।

मेरो गाउँबाट यात्रा गरेका चार जना यात्रुहरू बाँचे तर धेरै मानिसहरू कि घाइते छन् कि अझै हराइरहेका छन्।

म बसेको डिब्बामा रहेर यात्रा गरिरहेका धेरै मानिसहरूको मृत्यु भयो। गम्भीर घाइते भएकाहरूलाई अस्पताल ल्याइएको छ। –बीबीसीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर